बक्सिङ प्रशिक्षक निर्णायकहरुको कोरोना विमा

  • भदौ २३, २०७७
  • १३१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाडौंः नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले विमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
विमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको विमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका कांस्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बिन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको विमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका छन् ।

2
विमा गरिएका प्रशिक्षकहरुमा दीपक महर्जन, ओमकुमार मास्के, डम्बरदत्त भट्ट, हरिशबहादुर चन्द, किशोर खत्री, उमेश लामा, किशोर लिम्बू, विद्याप्रसाद मर्सानी, दीपक राई, गोपाल श्रेष्ठ, प्रचण्ड शर्मा, लालबहादुर पौडेल, रेमशदास श्रेष्ठ, निमा तामाङ, राज श्रेष्ठ, अतुल घानी, अनुपकुमार लामा, विष्णुबहादुर सिंह, टंकबहादुर बुढा मगर, हरिचन्द्र खड्का, साजन लघु, डम्बरबहादुर लिम्बू, निशा लोहला, कृष्णुन्दर प्रजापति, सुमन शर्मा बन्जारा, तेजबहादुर थापा मगर, किरण थापा, विनोद शेरचन, दिलिपसिंह ठकुरी, राजु थापा, सागरशमशेर थापा र मानबहादुर गुरुङ रहेका छन् ।
निर्णायकहरुमा रामचन्द्र थापा मगर, सन्तोष कार्की, सचिन राउत, तारेराम श्रेष्ठ, रेमश श्रेष्ठ, राजुकुमार महर्जन, धनकुमार मैनाली, अनुराधा लामा, प्रमिला राई, इन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र महर्जन, अनिलप्रसाद दाहाल, सुनिता महर्जन, शेरबहादुर साहु, राजन प्रजापति, दिनकलाल श्रेष्ठ, जीवन कवा, दिनेश बासुकला, विजयसिंह डंगोल र राजुकृष्ण महर्जन छन् ।
अध्यक्ष अवालेले क्रमैसंग आठौं राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना विमा गरिदिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

इट्टाको मूल्यमा व्यवसायीको मनपरि, सरकारको मौन स्वीकृति

इटहरीः भारतबाट आउने मजदुर कोरोना संक्रमणका कारण नेपाल आउन नपाउँदा नेपालमा सञ्चालित इट्टा उद्योगहरु म ...

शिक्षकको तलब नदिने विद्यालयको बैँक खाता रोक्का गरिने

इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश श्रम कार्यालयले निजी विद्यालयहरुलाई शिक्षकले पाउनुपर्ने त ...

आज देशभर तीन हजार ९३ जनामा कोरोना पुष्टि,आठ जनाको ज्यान गयो

इटहरीः नेपालमा आज मंगलबार थप तीन हजार ३९ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । पछिल्लो २४ घन्ट ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved