इटहरीः इलाका प्रहरी कार्यालयबाट यसअघिका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा सरुवा भएपछि नयाँ ‘डिएसपी’ रुपमा इटहरी आएका अर्जुन केसीले आइतवार पत्रकारहरुसँग भेटघाट तथा अन्र्तक्रिया गरेका छन् । उनि केन्द्रिय अनुसन्धान ब्युरो, चोरी अपराध अनुसन्धान महाशाखा काठमाडौबाट सरुवा भएर इटहरी आएका हुन् । आइतवार प्रत्रकारहरुसँग कुराकानी गर्दै उनले यस भन्दा अगाडि आएकाहरुले भन्दा फरक काम गरेर इटहरीका जनाताको मन जित्ने बताएका छन् ।


उनले आफ्नो कार्यकाल भरी इटहरीको शान्तिशुरक्षामा आँच आउन नदिने र इटहरीबाट विदा भएर गए पनि यहाँका बासिन्दाको मनमा बसिरहने काम गर्ने बताए । उनले सुरुमा इटहरीमा रहेका मुख्य चुनौतिका विषयहरुलाई अध्ययन गरेर त्यसको निर्मूलिकरणमा लाग्ने बताए । आर्थिक लेनदेनको विषयमा सबैभन्दा बढि गुनासो आएकाले त्यसतर्फ ध्यनआर्कषण भएको सुनाए । ‘म इटहरी आउनु वित्तिकै देखि यहाँको आर्थिक लेनदेनको विषयमा धेरैको गुनासो छ । अहिले इलाका प्रहरी कार्यलय त्यसैको अध्ययन तथा अनुसन्धानमा लागेको छ’, केसीले भने ।

उनले सबै कुरा अहिले भनेमा पुरा नहुने भन्दै आफूसँग केहि ‘सिक्रेट’ योजना रहेको जानकारी गराए । उनले अपराध न्युनीकरण सँगै इटहरी बासीका विविध गतिविधिहरुमा पनि सँगै हातेमालो गर्ने बताए ।