इटहरीः इटहरीकी साहित्यकार गिता भट्टराईको आत्महत्या प्रकरण प्रहरीले अनुसन्धान थालेको छ । सोमवार दिउँसो इटहरी उपमहानगरपालिका ५ पचरुखी स्थित आफ्नै घरमा साहित्यकार भट्टराई झुण्डिएको अवस्थामा फेला परेपछि इटहरी प्रहरीले अनुसन्धान थालेको हो ।

उनि कोठामा भित्रबाट चुकुल लगाएर झुण्डिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अजुर्न केसिले जानकारी दिए । ‘आफ्नै घरमा झुण्डिएको अवस्थामा इलाकाबाट खटिएका प्रहरीले ढोका फुटाएर लास निकालेको थियो । घटनाको बारेमा हामी अनुसन्धान गरिरहेका छौँ त्यहि पनि अहिलेसम्मको अवस्था हेर्द आत्महत्या जस्तो देखिएको छ’, केसीले भने ।

गिता लामो समयदेखि ‘डिप्रसन’को आएकी पुष्टि भएको नायव उपरिक्षक केसीले बताए । हाल गिताका श्रीमान र परिवारका सदस्यहरुले प्रहरीमा जाहेरी दिन नआएका केसीले जनकारी दिए । घटनाको सम्वन्धमा इटहरी प्रहरीले अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउने केसीले बताए ।

आत्महत्या गर्ने गिता इटहरीमा ख्याति कमाएकी साहित्यकार हुन् । उनका आफन्त, साथिभाई र शुभेच्छुकले सामाजिक संजालमा पोष्ट गर्दै गिताको आत्महत्या अस्वभाकि भएको बताएका छन् ।