इटहरीः एक महानरपालिका र दुई उपमहानरपालिका रहेको प्रदेश १ मा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण दिन प्रतिदिन बढ्दै जान थालेको छ । प्रदेश १ को मोरङमा रहेको विराटनगर महानगरपालिका तथा सुनसरीका दुई, धरान र इटहरी उपमहानगरमा कोरोनाबाट संक्रमित हुनेको संख्या अन्य पालिकाहरुको भन्दा उच्च रहेको छ । कोरोना संक्रमितको संख्याको आधारमा विराटनगर महानगरपालिका पहिलो नम्बरमा आउँछ । जहाँ १४ सय ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै इटहरी उपमहानगरपालिकामा ३ सय ३० र धरान उपमहानगरपालिकामा ३ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

विराटनगर महानगरपालिकामा कोरोना संक्रमणको अवस्था

मोरङको विराटनगर महानगरपालिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ सय ७५ पुगेको छ । ‘कोभिड टिम सुपरभाइजर’ हैदर अलिका अनुसार सोमवारसम्म महानरमा कोरोना संक्रमितको संख्या १४ सय ७५ पुगेको हो ।

उनका अनुसार महानगरमा हालसम्म ८ हजार ६ सय ६७ जनाको पिसिआर परिक्षण भएकोमा ७ हजार १ सय ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ कै अत्याधिक कोरोना संक्रमित रहेको विराटनगरमा हालसम्म संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

संक्रमित देखिनेमा महानगरले व्यवस्था गरेको तिनवटा अइसोलेसनमा २ सय २ जना र होम आइसोलेसनमा १ हजार १२ जना रहेका छन् । ती मध्ये होम आइसोलेसनबाट ३ सय ४० जना र महानगरको आइसोलेसनबाट ६८ जना निको भएर घर फर्किसकेका छन् ।

सुपरभाइजर अलिका अनुसार विराटनगरमा होम आइसोलेसनका ६ सय ७२ र अस्पताल आइसोलेसनका १ सय ४३ जना हाल संक्रमणबाट गुज्रिरहेका छन् । विराटनगरमा दैनिक औसतमा १ सय ५० जनाको कोरोना परिक्षण हुने गरेको अलिले जानकारी दिए ।

प्रदेश स्तरीय विरणलाई नियाल्द विराटनगर महानगरपालिका प्रदेशकै उच्च कोरोना संक्रमित ९ हाट स्पट० भएको पालिका हो । छिमेमि देश भारतसँग प्रत्यक्ष सिमा जोडिएको महानरमा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै गएको छ ।

सुनसरीको धरान उपमहानरको अवस्था

प्रदेश १ का पहाडी जिल्लासँग प्रत्यक्ष सम्बन्ध रहेको सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३१ पुगेको छ । महानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार धरानमा संक्रमित हुनेमा ४२ जना विदशबाट आएका, १ सय ३९ जना स्थानीय बासी ९समुदायस्तरमा०, ५९ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारी र उनिहरुका परिवारका सदस्य र ९१ जना नेपाली सेना रहेका छन् ।

संक्रमित मध्ये ८९ जना महिला र २ सय ४२ जना पुरुष रहेका महाशाखा प्रमुख मेहेताले जानकारी दिए । धरानमा अहिले ९सोमवार० सम्म ३ हजार ८ सय ३७ जनाको स्वाव संकलन गरि परिक्षण गर्दा ३ सय ३१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको मेहेताले बताए । दैनिक ७० देखि ८० जनाको कोरोना परिक्षण गर्द न्युनतम १२ देखि १५ जनाको रिपोर्ट पोजेटिभ आउने गरेको उनले जानकारी दिए ।


होम आइसोलेसनमा ५४ जना र अस्पताल आइसोलेसनमा ७४ जना गरि धरानमा १ सय २८ जना सक्रिय संक्रमित रहेका मेहेताले जानकारी दिए । उनका अनुसार अस्पताल आइसोलेसनबाट १ सय ८२ जना र होम आइसोलेसनबाट १५ जनाले कोरोना जितेका छन् । कोरोनाका कारण धरानमा मात्रै ६ जनाको मृत्यु भएको छ ।

इटहरीमा अहिलेसम्मको कोरोनाको अवस्था


सुनसरीको इटहरी उपमहानगरपालिकामा हालसम्म ३ सय ३० जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण पुष्टि भएको छ । इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसको स्वाव संकलन केन्द्र र व्यक्तिगत रुपमा विभिन्न ठाउँमा गराइएको पिसीआर परीक्षणको क्रममा संक्रमित संख्या ३ सय ३० पुगेको हो ।

दैनिक १ सय ३० देखि १ सय ४० जनाको स्वाव संकलन गरि परिक्षण गर्दा कम्तिमा ७ देखि १० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको स्वाव संकलन केन्द्रका प्रमुख शिव कुमार झाले जानकारी दिए । उनका अनुसार ५ हजार भन्दा बढिको स्वाव संकलन गर्दा ३ सय ३० जनामा कोरोना पुष्टि भएको हो ।

इटहरीका संक्रमित मध्ये ८५ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण इटहरीमा मृत्यु हुनेको संख्या शून्य छ । इटहरीमा निषेधाज्ञा खुकुलो पारेकाले थप कारोना संक्रमणको जोखिम बढेको छ ।