इटहरीः प्रदेश १ मा कोरोना भाइरस ९कोभडि १९० बाट संक्रमित हुनेको संख्या पाँच हजार नजिक पुगेको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मंगलवार प्रदेशमा १ सय ३८ जना कोरोनाका संक्रमित थपिए कुल संक्रमित संख्या ४ हजार ९ सय ६७ पुगेको हो ।

मोरङमा १ सय ८ जना, सुनसरीमा २२ जना, झापामा जना २, संखुवासभा, पाँचथर र ताप्लेजुङमा १–१ जना र प्रदेश १ बाहिर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा मंगलवार थप ६४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि।जेनरल अस्पताल हरिनगरबाट २३ र होम आईसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा हालसम्म २ हजार १४२ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेशमा हालसम्म १ लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालय जनाएको छ ।