इटहरीः प्रदेश १ अधिकांस जिल्लासँग सडक सञ्जालबाट प्रत्यक्ष सम्बन्ध जोडिएको इटहरीमा लामो दुरिका यातायात सञ्चालन हुने भएपछि कोरोना संक्रमणको जोखिम झन बढी हुने भएको छ । प्रदेश १ का हिमाली, पहाडी र तराइ जाने यात्रुल एक पटक इटहरी आइपुग्नु पर्छ । संखुवासभा, भोजपुर, धनकुटा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर जान यात्रुहरु इटहरी आइपुग्नु पर्छ । विशेषत नेपालीहरुको महान चाड दशैँ, तिहार नजिकीँदै गर्दा तराईका जिल्लाबाट पहाड जानेको लहर नै चल्छ ।

सरकारले भोलि अथात् असोज १ गतेबाट लामो दुरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । भाद्र ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले जनस्वास्थ्यको मापदण्ड पुरा गरेर यातायात सञ्चालन गर्न दिने भएको हो । यसले इटहरी झन जोखिममा देखिन्छ ।

इटहरीबाट धरान, धनकुटा हुँदै पहाड जाने सँगै काठमाडौँ आवतजावत गर्नेहरुका लागि इटहरी एक मुख्य ठाउँ हो । पहाडी जिल्लाहरुमा केहि मात्रामा ‘रात्रि सेवा’का सव सञ्चालन हुने गरेकोमा वर्खा लागे पछि ति बाटोहरुमा रात्रि वस नजाने भएकाले यात्रु एकपटक इटहरीमा ओर्लिनु पर्ने हुन्छ । त्यो मात्र हैन काठमाडौँ लगायतका बहिरका ठाउँबाट पहाड जान परि सोहि प्रक्रियको अवलम्वन गर्नुपर्ने हुन्छ । तराईका जिल्लाबाट पनि त्यस्तै गर्नुपर्छ । यसले इटहरी उच्च जोखिममा पर्ने सम्भावना छ ।


यस्तै काठमाडौँबाट तराईका जिल्लाहरुमा जाँदा पनि एक पटक इटहरीमा झरेर गाडि परिर्वतन गरेर मात्रै जान सकिन्छ । विराटनगर हुँदै जोगवनी भन्सार नाका जानेको लागि मुख्य ठाउँ इटहरी हो । अन्य ठाउँबाट जोगवनी नाका जाँदा एक दिन इटहरीका बास बस्नै पर्ने हुन्छ । पहाडका जिल्लाहरुबाट सिधै जोगवनी जाने यातायातको साधन नपाउने भएकाले इटहरीमा रोकिनु बाध्यता हो ।

यसरी हेर्दा इटहरीमा सरकारले गरेको निर्णयले जोखिम बढ्ने देखिएको छ । महामारीको समयमा हामी अझै सजग हुनुपर्ने देखिन्छ ।