इटहरीः नेपालका लोकप्रिय सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रदेश १ को स्थायी राजधानी विराटनगर अनुपयुक्त भएको बताएका छन् । अन्तर्राष्ट्रिय बोर्डरमा प्रदेशको राजधानी योग्य नभएको श्रेष्ठले बताए ।
प्रदेश पोर्टलसँग फोनमा कुराकानी गर्दै नापी विभागका पूर्व महानिर्देशकसमेत रहेका श्रेष्ठले २ देशसँग जोडिएको प्रदेशको कुनै एक देशसँग टाँसिएर राजधानी बनाउन उपयुक्त नहुने बताए ।
खुर्शीद अन्सारीलाई क्षणभरमै सीमापारिबाट आएका भारतीय बन्दुकधारीले हत्या गरेकोतर्फ इङ्गित गर्दै उनले भने, ‘राजधानी कुनै एक देशमा टाँसेर राख्न हुँदैन ।’ कुनै पनि दक्षिण एसियाली मुलुकमा कुनै एक देशको बोर्डरमा प्रदेश राजधानी नभएको उदाहरण दिँदै श्रेष्ठले विराटनगर राजधानी बनाउन उपयुक्त नभएको बताए ।
उनले भने, ‘सिमानामा राजधानी राख्दा कुनै अपराधी वा सन्कीले पारीबाट वारी आएर राजधानीमा वितण्डा मच्चाउन सक्छ ।’