विराटनगरमा नेपाल कै ठुलो अनलाइन फार्मेसी नेपमेड्स संचालनमा आउदै

  • कार्तिक ३, २०७७
  • ३८० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः बिराटनगरमा नेपाल कै ठुलो अनलाइन औषधि बेच्ने नेपमेड्स संचालनमा आउने भएको छ । काठमाडौं र चितवन पछि प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा नेपमेड्स संचालनमा आउने भएको हो । बिराट मेड्स र आरा ग्रुपको साझेदारीमा बिराटनगर ९ स्थित ग्रीनक्रस असपतालसंगै शो रुम सहित संचालनमा ल्याइएको संचालक सौरभ अधिकारीले बताए । नेपमेड्सले कार्तिक ५ गतेदेखि आफ्नो अनलाइन तथा आउलेट संचालन गर्ने तयारी गरेको छ ।

नेपमेड्सले डाक्टरद्वारा दिइएको औषधीको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत पठाएपछि घरमा नै औषधी पुर्याउने समेतको सुबिधा सहित संचालन हुन लागेको नेपमेड्स विराटनगरका अध्यक्ष बिबेक दाहालले जानकारी दिए । साथै सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम , टुइटर जस्ता सामाजिक संजालको प्रयोगबाट पनि नेपमेड्सको आधिकारीक पेजमा गइ सजिलै औषधी तथा औषधी सामाम्रीहरु अर्डर गर्न सकिने दाहालले जानकरी दिए ।

१० हजार भन्दा बढि औषधि तथा औषधि जन्य सामाग्रीहरु साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपमेड्स नेपाली बजारमा आएको हो । नेपमेड्स नेपालमा सबैभन्दा ठुलो अनलाइन फार्मेसीका रुपमा स्थापित भएको र हालसम्म करीब ४५ हजार भन्दा बढि एप प्रयोगकर्ता तथा २० हजार भन्दा बढी ग्राहकलाई अनबरत रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आफ्नो मोबाइलको प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ । औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट  www.nepmeds.com.np बाट लिन सकिन्छ । अझ नियमित रुपमा औषधि सेबन गर्नुपर्ने जस्तै प्रेसर, थाइरइड, सुगर, कोलस्ट्रोल जस्ता बिरामिको लागि त नेपमेड्स बरदान स्वरुप बन्दै आएको छ ।

नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा अर्डरमा ज्ञण् प्रतिशतको छुट प्रदान गर्दै आएको छ । नेपमेड्सले न्युनतम ५ सयको औषधि खरिदमा फ्री होम डिलेभरीको प्रबन्ध गरेको छ । नियमित सेवन गर्ने औषधीको रेकर्ड नेपमेड्स आफैले राख्ने हुँनाले औषधी सकिनु अगावै जानकारी दिने र पुर्‍याउँने काम गरिरहेको छ ।

यसैगरी, नेपमेड्सले हाल आइएमइ पे बाट भुक्तानी गर्दा ग्राहकलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस

दशौं हजारलाई स्वरोजगार बनाउने राधिकाको यस्तो छ संघर्षको कथा

इटहरीः संघर्ष नै सफलताको सोपान हो भन्ने तथ्यलाई आदर्श मान्ने राधिका कार्की (थापा) समाजको हितलाई ...

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच र परिचयपत्र वितरण सुरु

इटहरीः शारीरिक वा मानसिक रुपमा अपाङ्गता भएका वा फरक शारीरिक क्षमता भएकाहरु सरकारको प्राथमिकतामा नपरे ...

यादव विशेषज्ञ सल्लाहकारमा नियुक्त

जनकपुरधामः प्रदेश २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved