इटहरीः खोटाङको नुन्थला १३ घर भएकी हड्डीको क्यान्सरबाट पीडित १० वर्षीया बालिका सरिता विश्वकर्मालाई उपचारका लागि रकम अभाव भएको छ । रकम अभावकै कारण उपचारार्थ काठमाडौं लगिएकी उनलाई उनका बाबु टंकबहादुरले घर फर्काएपछि उनको स्वास्थ्य अवस्था जटिल बन्न थालेको छ ।

सरिताको उपचारका स्थानीय पत्रकार राजन ठटालको सक्रियतामा तीन लाख रुपैयाँ संकलन भएपनि परिवारले उपचारमा देखाएको उदासिनताका कारण उपचारमा समस्या भएपछि उनले पुनः सक्रियता देखाएका छन् । उनकै सक्रियतामा बालिकालाई पर्सि सोमबार उपचारार्थ काठमांडौ लैजाने तयारी गरिएको छ । बालिकाको उपचारमा सहयोग गर्न चाहनेले ९८५११८१७०७ नम्बरमा सम्पर्क गरी सहयोग प्रदान गर्न सकिने पत्रकार ठटालले बताएका छन् ।