इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाँधिएका छन् । राईले आफ्नी प्रेमिका ज्याङ्मु शेर्पासँग किराँती समुदायको परम्परागत प्रचलन अनुसार विवाह गरेका हुन् ।

142118366_3844407172277502_6421906977363202199_o

कोरोना भाइरसको त्रासका बीच काठमाडौँको नक्सालस्थित एक पार्टी प्यालेसमा राईले विवाह सम्पन्न गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उनका अनुसार वैवाहिक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीका साथै राईनिकट पारिवारिक व्यक्ति तथा राजनैतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

141958520_3844407228944163_6501712650344707769_o

मुख्यमन्त्री राईले संखुवासभा मूल घर भएकी मोडल ज्याङ्मुसँग विवाह गरेका हुन् । हाल मोडलका रुपामा कार्यरत ज्याङ्मु सौन्दर्य प्रतियोगिता मिस मंगोलको सन् २०१८ को संस्करणकी विजेता हुन् । मुख्यमन्त्री राई भोजपुरका स्थायी बासिन्दा हुन् । मुख्यमन्त्री राई र उनकी दुलही ज्याङ्मुबीच २६ वर्ष उमेरको छ । राई ४९ वर्षका छन् भने ज्याङ्मु २३ वर्षकी छन् ।

142094399_1295479217501973_5653859376771879641_n 142201938_2819465171640078_8158829068675968529_n 142305298_401251617839380_4907757481680712723_n 142577299_760311231358276_5974435335557151742_n 142218073_768129360727011_670217842832625398_n 142282108_1110492916060796_123756715570227415_n 142340998_809823449890599_7673836559573358386_n