इटहरीः सुनसरीको इनरुवामा आयोजित विशेष कार्यक्रमका बीच कृषकहरुलाई पशु औषधि निःशुल्क वितरण गरिएको छ ।

भारद्वाज भेट्स सप्लायर्स ३३ वर्ष पुगेको अवसरमा आयोजित औपचारिक कार्यक्रमका बीच प्रदेशभरका उत्कृष्ट कृषकहरुलाई निःशुल्क पशु औषधि वितरण गरिएको हो । इनरुवा नगरपालिकाको हलमा आयोजित कार्यक्रममा एक सय जना कृषकहरुलाई सम्मानस्वरुप औषधि वितरण गरिएको थियो । भारद्वाज भेट्स सप्लायर्सका सञ्चालक विष्णु निरौलाले यस संस्थाले निजी क्षेमा रहेका पशुपक्षी तथा माछाका लागि आवश्यक औषधि तथा भ्याक्सिन वितरण गरी तत्काल मृत्युबाट बचाउने र प्रदेश १ र २ का उत्कृष्ठ माछा तथा पशु पालक किषकलाई औषधि वितरण तथा मेटिभेस कार्यक्रम सञ्चालन गरेको बताए । यसरी आफूले गरेका कामबाट सम्मान पाएपछि किसानहरु पनि खुसी भएका छन् ।

सम्मान पाएपछि आफूहरुलाई थप जिम्मेवारीबोध भएको र यहाँ सिकेको कुरा अन्य किसानलाई पनि सिकाउने कृषकहरुले बताएका छन् । एक सय कृषकलाई निःशुल्क पशु औषधि बाँडिएको हो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ का निर्देशक लेखराज दाहालका साथै पशु चिकित्सक र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा किसानहरुलाई बाँडिएको पशु औषधिमा दुध बढाउने, मुटु कलेजो बलियो पार्ने र नाम्ले ठिक पार्ने औषधि रहेका छन् ।