जनकपुरधामः प्रदेश २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णय बमोजिम सो पदमा उनलाई नियुक्ति गरिएको जनाइएको छ ।

सिरहा जिल्ला माडर–६ का यादव राष्ट्रिय सहकारी बैंकका सदस्य हुन् । -रासस