‘एक साँझ शिवका माझ’

  • फाल्गुन १३, २०७७
  • १४६ पटक पढिएको
  • रासस
alt

झापाः पूर्वको पशुपतिनाथ भनेर चिनिने ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ ।

यही फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद तथा सान्त्वना हुने दुई जनालाई जनही पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । उनका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ३१ हजार, २१ हजार र ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही दुई हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि एक हजार र शिव भजनका लागि पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । दुवै प्रतियोगिताको अडिसन (प्रारम्भिक छनोट) फागुन २५ र २६ गते हुने बताइएको छ ।

दुवै विधामा ५०÷५० जना सहभागी हुने अपेक्षा गरिएको छ । अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिने तथा तीमध्ये पाँच जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस कार्यक्रम सम्पन्न गर्न कम्तीमा पाँच लाख खर्च हुने कोषाध्यक्ष जोशीले बताए । धाममा फागुन २५ गते बिहान ९ बजे यज्ञ उद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने बताइएको छ । -रासस

प्रतिक्रिया दिनुहोस

प्रदेश १ मा आज एक हजार एक सय ४० जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा सोमबार एक हजार एक सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ७० ...

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ...

जबर्जस्ति करणी मुद्दाका फरार बाल बिज्याईँकर्ता पक्राउ

इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले बालिकामाथि जबर्जस्ति करणी गरेको आरोपमा एक नाबालिग ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved