इटहरीः सुनसरीको धरान–८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ ।

आज बिहान साढे ११ बजे को १ त ६७ नम्बरको धरान उप–महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोही ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह–६ का ५० वर्षीय बाबुराम पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका पौडेलको धरानकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउसो १२ बजे मृत्यु भएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।