इटहरीः सुनसरी धरान उपमहानगरपालिका ५ देउरालीका २४ वर्षीय अनम राईलाई नियन्त्रित औषधिसहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ६ः३० बजे अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधि ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी थप अनुसन्धान अगाढि बढाइएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।