इटहरीः सन् २०१२ को अन्त्यतिर नेपाली साहित्यमा भर्खरै पाइला चाल्दै गरेका साहित्यकार सुबिन भट्टराईको कृति ‘समर लभ’बजारमा सार्वजनिक भयो । यसअघि कथाकी पात्र नामक कथा संग्रह लेखिसकेका भट्टराईलाई दोस्रो कृति ‘समर लभ’ उपन्यासले दिएको उचाइ सायदै बर्णन कम नहोला । उपन्यासले बेस्ट सेलरको तक्मा भिर्न सफल पनि भयो । उपन्यासको बारे जति चर्चा भइरह्यो, त्यो भन्दा कयौं गुणा चर्चा त्यहाँका पात्रको बारेमा हुन थाल्यो । अतित शर्मा र साया शाक्यको टिकाटिप्पणी यसरी भयो कि सामाजिक सन्जालभरी उनीहरूलाई खोज्नेको ताती लाग्यो । हजारौं अक्काउटहरु बने । पछि लेखक भट्टराईले वास्तविक जीवनमा आधारित कथा नभएकाले त्यहाँका पात्र पनि अवास्तविक रहेको प्रतिक्रिया दिए । त्यैं पनि पाठकको मनमा खुल्दुली भनें रहि नै रह्यो, कस्ता होलान् अतित र साया १ अन्ततः यहीँ कृतिमा आधारित चलचित्र बन्यो,‘समर लभ’ ।

उसो त डायमण्ड शमशेरको ‘बसन्ती’ गुरुप्रसाद मैनालीको ‘परालको आगो’बीपी कोइरालाको ‘तीन घुम्ती’लगायतका कृतिमा आधारित चलचित्र बजारमा आइसकेका थिए । यद्यपि युवापुस्ताले धेरै रुचाएको कृति‘समर लभ’ मा आधारित चलचित्र आउने भएपछि भने छुट्टै चर्चा सुरु भयो । र, पर्दामै सहि दर्शकले अतित र सायालाई हेर्न पाउने भए । २०१९ मा सार्वजनिक भएको चलचित्रमा साया शाक्य बनिन् रेवती क्षेत्री र अतित शर्मा बनेका थिए आषिश पिया ।
आषिशलाई आफू ब्यापारिक घरानाको भएपनि सानैदेखि उमेरदेखि मिडिया चासो थियो । उनी पढाइसँगै पर्दाको दुनियाँमा रम्न चाहान्थे । सन् २०१८ ताका थुप्रै बिज्ञापनमा अभिनय गर्दै थिए, आशिष । यहि क्रममा उनको भेट भयो मुस्कान ढकालसँग । र, उनको भाग्यले धकेल्यो( समर लभ)सँग । उनी भन्छन्, समर लभमा अभिनय गर्न पाउनु मेरो अहोभाग्य थियो । त्यसैका लागि उनले तीन वर्ष अभिनयको क्लास लिए ।
चलचित्र रिलिज भयो । दर्शकले मिश्रित प्रतिक्रिया दिए । एकाथरीले उपन्यास जस्तै फिल्म बनेको बताए भने अर्कोथरीले निर्देशन र अभिनय खासै चित्तबुझ्दो नभएको गुनासो पोखे । नायक आशिषले पनि पहिलो प्रोजेक्ट भएकाले थुप्रै कमि(कमजोरी भएको स्विकार्छन् । यद्यपि उनको करियर भने सुरु गराइदियो, समर लभले ।
त्यसपछि उनी कतै देखिएनन् । अभिनेत्री रेवती क्षेत्री भने अन्य प्रोजेक्टमा समेत छाइरहिन तर अभिनेता आशिष देखिएनन् । उनले भने, मेरो थुप्रै ठाउँमा होटल ब्यबसाय भएकाले नभ्याएको मात्र हो । लकडाउनले गर्दा कुनै नयाँ प्रोजेक्ट नभएको र आफूलाई चित्तबुझ्दो प्रोजेक्ट समेत नआएकाले काम भएको उनको जिकिर छ ।
उनकाअनुसार आजभोलि चाहिँ नयाँ प्रोजेक्ट आइरहेको तर मन परिरहेको छैन् । चितवनवासी आषिशले स्नातक तहको अध्ययन सकेका छन् । उनी एक्लै एक्लै घुम्न, नोभलहरु पढ्न रुचाउँछन् ।
तत्काल तपाईंको शुभचिन्तक दर्शकको लागि खुसखबरी के छ त ? उनले भने, समर लभको टिमले नयाँ फिल्म गर्ने योजना छ, त्यसैमार्फत देखिनेछु । २५ वर्षको उमेरमा पहिलो चलचित्र गरेका आशिषलाई अब भने एक्सनमा आधारित चलचित्र गर्न मन भएको बताउँछन् ।