बराहक्षेत्र :स्वर्णिम साहित्य समाज, बराहक्षेत्रले सम्मान तथा पुरस्कारका निम्ति अक्षयकोषको घोषणा गरेको छ । आज (सनिवार) नडाहमा आयोजित सम्मान तथा पुरस्कार अक्षयकोष घोषणा कार्यक्रममार्फत १ लाख ५० हजार बराबरको अक्षयकोष खडा गरिने घोषणा गरिएको हो ।271241954_458175845952942_3833119865216313735_n
पुरस्कार तथा अक्षयकोषको अबधारणाबारे बोल्दै संस्थाका अध्यक्ष प्रकाश दिप्साली राईले कोषका लागि १ लाख ३० हजार जम्मा भइसकेको बताए । उनकाअनुसार अक्षयकोष वापतको रकमबाट प्रत्येक वर्ष एक जना साहित्यकारलाई सम्मान तथा एक जनालाई पुरस्कृत गरिने छ ।
कार्यक्रम संस्थाका उपाध्यक्ष शरण कुमार लिम्बूको सभादक्ष्यता र साहित्यकार एबम् अन्तराष्ट्रिय परदेशी साहित्यिक समूह भारतका उपाध्यक्ष भीम विरही राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै, बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ३ अध्यक्ष रुद्र दाहाल, नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष जनकऋषी राई, प्रहरी चौकी नडाहका प्रहरी सहायक निरीक्षक उमेश बस्नेत, साहित्यकारद्वय राज माङ्लाक, विश्वजीत राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गजलकार शारदा निरौलाले गजल तथा कवि तीर्थ विश्वकर्माले कविता वाचन गरेका थिए ।