मलामी

  • पुस २५, २०७८
  • ३४७ पटक पढिएको
  • सेमन्त उपाध्याय
alt

एकोहोरो समाजवादको शङ्ख टु......
फुकेर हरेराम हरेकृष्ण जप्दै
अरु जस्तै म पनि लाशको पछि
भागौँ र दौँडदै पछि कुदौँ वा नकुदाँै
अन्जान यात्रीलाई दोबाटो मा पछारेर
बाटो रोज्न लगाएर कुन समाजवादीको बाटो
कुन असमाजबादी बाटो छुट्याउन
लगाए झै दोधार दोधार बनाएको छ ।

सँगै समाजवादको मलामी गैएन भने
समाजबाट बहिष्कार हुने डर र त्रास
आफ्नै मलामी नहोलान् भन्ने भयले
मलामी नगएपनि दनदनी बल्दैगरेको
समाजवादको लाशलाई घोच्न र
अस्तु बटुल्न कै लागी हरियो बाँस बोकी
ढिलै भएपनि तछाड मछाड गर्दै लाश घोच्न
लागि परेका अनेकन मनुवाहरु
सुनसान मसानघाट चकमन्न र एकान्तलाई
चुनौति दिदै डरलाग्दा ध्वनी चिच्याहाट
गुन्जायमान गर्दै थिए ।

मसानघाटमा मानिस सत्य बोल्छ
मरेर के लानु छ र दुइदिन को जिबन
के लग्यो र यस्ले पाप र पुन्य
तराजुमा राखेर बारम्बार जोखा जोख
मोलामोल गर्दै समाजवादका मलामी
खुइ काट्दै सुसेरा हाल्थे ।

समाजवादको मसानघाटमा नाफा घाटा
पाउने गुमाउने स्वार्थसँग लतपतिएको
भ्रमसँग नजिक सत्यसँग टाडा
फोहोर सपनाको डँगुर
पारी क्षितिजमा देखाउँदै
समाजवादको स्वर्ग त्यहि हो भन्दा
नबदुलहीको जस्तो लज्जा
सपना, कौतुहलता आहा त्यो रात
त्यस्तै त्यस्तै सम्झना कल्पना ।

भोंक अभावले लिच्चड निरिह
पानीको बोतल स्याउ, फ्रुटी, बिस्कुट खाएर
डकार्दै र डुक्रिदै समाजवादी लाशको
काट्टो खान पाउने आशमा
मसानघाटबाट एउटा मलामी फर्कियो
जुन समाजवादी लाशको मलामी गएको थियो।

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved