हिसान क्रिकेटमा अरनिको कलेज फाइनलमा, कोशी सेमिफाइनलमा

  • पुस २८, २०७८
  • २३५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको पहिलो सेमिफाइनल विजयी हुँदै अरनिको कलेज फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज बुधबार भएको खेलमा अरनिको कलेजले ग्रिनल्याण्ड कलेजलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै अर्को अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै कोशि क्याम्पस सेमिफाइनलमा प्रवेश छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा निखिल यादव, विविक किक्रम केसी, सुान मण्डलले १८–१८ रन बनाउँदा अजितकुमार अटलले १३ रन, योगेश कहरले १२ रन तथा प्रतिक यादव र अविशेक बरालले १०–१० रनको योगदान दिएका थिए । ग्रिनल्याण्डका अनिल यादवले २ लिँदा जिवेश यादवले १ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको विशाल चुनौती पछ्याएको ग्रिनल्याण्डले पुरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १५ रन मात्र जोड्न सक्यो । जस्मा दिपक विकले अविजित ३३ रन बनाउँदा आषिश मण्डलले अविजित १७ रन र जितेन्द्र कामतले १५ रनको योगदान दिए । अरनिकोका म्यान अफ द म्याच अविशेक बराल र निखिल यादवले २–२ विकेट लिँदा चन्दनल यादव र अ‍ैकित मण्डलले १–१ विकेट लिए ।

IMG_6196
यस अघि भएको अन्तिम क्वाटरफाइनल खेलमा कोशी क्याम्पसले सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेरे पहिले ब्याटिङ गरेको कोशीले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाई १ सय ५ रनको स्कोर खडा गरेको थियो । जस्मा सञ्जय साहले २६ रन जोड्दा रञ्जन कामतले २४ दरन तथा विकाश दासले १४ रनको योगदान दिए । सगरमाथाका केदार कामतले २ विकेट र गणेश राजले १ विकेट लिए । जवाफमा १ सय ६ रनकोे लक्ष्य पछ्याएको सगरमाथाले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ७४ रनमा सिमित भयो । जस्मा चन्द्रशेखर यादव र गणेश राजले १५–१५ रन जोडे । कोशीका विकाश दासले ह्याट्रिकसहित ४ विकेट दिए । उनी खेलकोे म्यान अफ द म्याच घोषित भए ।
विहिबारको अन्तिम सेमिफाइनल खेल शिक्षादिप कलेज र कोशी क्याम्पसविच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved