इटहरीः साहित्यकार अर्जुन दुङमेनले नयाँ कथा संग्रह ‘झुमा’ पाठकमाझ ल्याएका छन् । साहित्यकार दुङमेनले वसन्तपञ्चमीका अवसरमा कथा संग्रह बजारमा ल्याएका हुन् ।
कथा संग्रह ‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन् । कोरोना महामारीका कारण विमोचनको औपचारिक कार्यक्रम भने नगरिएको लेखक दुङमेनले बताए ।
दुङमेनले कथा संग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीतिप्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, कोरोना सन्त्रास र यसको नकारात्मक प्रभाव लगायतका विषयलाई समेटेका छन् ।

273457828_4944600622263367_6583906063939424082_n
  झुमामा वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमका शुभकामना पनि छापिएको छ। साहितयका गौतमले झुमाले दुङमेनको सम्भावनाको ढोकालाई फराकिलो बनाएको उल्लेख गरेका छन् ।
खोटाङ लिखुवापोखरीका दुङमेनको यो चौथो कृति हो । यसअिघ उनका आधुनिक कप्युटर विज्ञान (२०६१), घुम्तीबीचका पर्खालहरु (कथा संग्रह, २०६९) र जीवन यात्रा (गीतिसंहग्र, २०७०) प्रकाशित छन् ।
यस्तै, आमा (संस्मरण), जीवन यात्रा भाग–२ (गीति एल्बम), अफसोच (गजल संग्रह) दुङमेनका प्रकाशोन्मूक कृति हुन् । ११२ पृष्ठको झुमाको मूल्य तीन सय रुपैयाँ राखिएको छ ।