इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १३ कि सीता कुमारी भण्डारीले जिवन रक्षाको माग गरेकी छिन् ।
इटहरी उपमहानगरको खनार बस्ने किर्तिमान भण्डारीकी ४१ वर्षीया धर्मपत्नी सीताले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुबाट यस्तो आग्रह गरेकी हुन् ।

गत पौष १६ गते विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा पित्त थैली र पित्त नलीमा पत्थरी भएकाले अप्रेसन गरिएकी सिता पित्त थैली र पित्त नलिको अप्रेसन असफल भएपछि घोपा स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखिएकी उनकी दिदी मञ्जुकुमारी कटवालले बताएकी छन् ।

मन्जुका अनुसार अनुसार विराट अस्पतालमा एमआरआई गराएपछि डाक्टर रोहित यादवले पित्त थैली र पित्त नलिमा ढुङ्गा रहेको र तुरुन्तै अप्रेसन गर्नुपर्छ भनेर भनिएपनि सफल अप्रेसन नगरेकाले अहिले वीपी प्रतिष्ठानमा उपचार गराइराखिएको छ । “विराटनगरमा अप्रेसन गर्नेबित्तिकै धरानमा रेफर गरियो, हदैसम्मको लापरबाही भएकाले अहिले जीवन र मरणको दोसाँधमा छटपटाइरहेका छौँ,’ मन्जुले भनेकी छन् ।

सीतालाई केही साता घोपामै उपचार गरिएपछि घर लगेको साता दिनमै शरीरमा इन्फेक्सन भएकाले अहिले फेरि घोपा लगिएको थियो । आर्थिक अभावका कारण सीताको उचारमा कठिनाई भएपछि सहयोगीका लागि अपिल गरिएको छ ।

FB_IMG_1646441869616

सीतालाई गत पौष १६ गते अप्रेसन गरेर १७ गते वार्डमा सारिएको थियो । तर, १९ गते नै आइसियुमा राखेर फेरि २८ गते निकालिएपछि विराट टिचिङले धरान रेफर गरेको उनले बताइएको छ ।

डाक्टरकै लापरबाहीका कारण बिरामीको अवस्था यस्तो भएको एउटै अस्पतालमा उपचार भइराखेको भएपनि अलग कुरा हुन्थ्यो,’ भण्डारीको परिवारले भनेको छ । आर्थिक अभाव न्यून भएका कारण पनि जीवन मरणको दोसाँधमा रहेको परिवारले बताएको छ ।

परिवारका अनुसार आर्थिक अभाव कमजोर भएका कारण अहिले उपचारमा समस्या भएकाले सहयोगको याचना गरिएको छ । बिरामीका लागि धेरै खर्च लाग्ने भएकाले सहयोग गर्नका लागि अपिल गरिएको छ । सहयोगि मनहरुले ९८०५३९६९९७ तथा ९८०३९७२६७४ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन्