इटहरीः आइतबारबाट सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको कारोबारमा २ हजार रुपैयँले बढेर सुनको भाउ आइतबार तोलाको १ लाख रुपैयाँमाथि पुगेको छ । यस दिन सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख रुपैयाँमाथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघले दिएको जानकारी अनुसार आइतबार छापावाला सुनमो भाउ प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

शुक्रबार सुनको भाउ प्रतितोला ९९ हजार ९०० रुपैयाँमा थियो भने शनिवार कारोबार भएपनि त्यत्रो घटबढ भएको थिएन । आइतबार भने सुनको भाउ लाख रुपैयाबाट माथि चढेको छ ।

पछिल्लो समय रुस र युक्रेनविच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महंगिदै गएको कारणले कारण नेपालमा पनि सुन महँगिदै गएको भनाई छ ।यस्तै आइतबार चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।