इटहरीः राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले बिक्री गरेर बाड्फाँड गरेको सेयर धितोपत्र दोस्रो बजारमा सुचिकृत भएको छ ।
बिहिवार नेप्से र राष्ट्र उत्थान बिच भएको एक कार्यक्रममा सेयर सूचीकरण सम्झौता भएको छ । कम्पनीको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउँछ । तर, भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आउँदो आइतबारबाट यो घलुवित्तको सेयर कारोबारमा आउनेछ ।

नेप्सेमा यो लघुवित्तको कुल २६ लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको १७ लाख ५० हजार कित्ता (६७.३१ प्रतिशत) र सर्वसाधारण समूहको ८ लाख ५० हजार कित्ता (३२.६९ प्रतिशत) छन् ।

नेप्सेले राष्ट्र उत्थान लघुवित्तलाई ‘आरयूएलबी’ कारोबार संकेत प्रदान गरेको। पहिलो कारोबारका लागि भने नेप्सेले यो लघुवित्तलाई न्यूनतम १६७।४३ रुपैयाँदेखि अधिकतम ५०२।२९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यदि आउँदो आइतबार स्पेसल प्रि–सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ ।

राष्ट्र उत्थान लघुवित्तले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड भने गत फागुन ११ गते गरिएको थियो । संस्थाको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको थियो।