इटहरीः सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता बढाएका छ ।

मेयर तर्फ नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारीले ९ सय २ मत ल्याउँदा पछ्याइरहेको नेकपा एमालेका मेयर उम्मेदवार सरोज पोखरेलले ६०१ मत प्राप्त गरेका छन् ।

 उपमेयरमा नेपाली कांग्रेसकी विनीताकुमारी मेहताले ९४९ मत प्राप्त गर्दा एमालेका सहजादी प्रविणले ५ सय ७७ मत प्राप्त गरका छन् । मतगणना कार्य जारी छ ।