बराहक्षेत्रः नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचका साझा उम्मेदवार बनेर बराहक्षेत्र नगरपालिकाको मेयर पदमा निर्वाचित रमेश कार्कीले सोमबार सपथ ग्रहण लिएका छन् ।

मेयर कार्कीलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीले सपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहणसँगै कार्कीलाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ । अब मेयर कार्कीले बराहक्षेत्रका उपमेयरसहित वडामा निर्वाचित जनप्रतिनिधिहरूलाई उपमहानगरको कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।