बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष सहित सदस्यहरुले बिहिवार(आज) पदभार ग्रहण गरेका छन ।

बराहक्षेत्र नगरपाकिलाका वडा नम्बर १० का अध्यक्ष तेज बहादुर गुरुङ्ग सहित सदस्य नारायण पौडेल , पदमा बिस्ट, पर्वती विश्वकर्मा , नेत्र बहादुर जोगीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि बसेको वडा कार्यसमितिको पहिलो बैठकले आफ्नो पहिलो निर्णयअन्तर्गत गर्भवती महिलालाई पोषण भत्ता एक हजार २ सय दिने निर्णय गरेको छ । त्यस्तै, ६ महिना पुगेका गर्भवती महिलालाई वडाले कार्यविधि बनाएर बितरण गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरि वडा क्षेत्रभित्र रहेका सामुदायिक बिद्यालयमा कक्षा एकमा पढ्दै गरेका बिद्यार्थीलाई निशुल्क बिद्यालय पोशाक बितरण गर्ने भएको छ भने बैठकले वडाको प्रोफायल बनाउने निर्णय समेत गरेको वडा अध्यक्ष तेज बहादुर गुरुङ्गले जानकारी दिए ।

प्रकाशपुर बजारमा रहेको दुर्गा मन्दिर पुजा गरेर बाजासहित खुसियाली मनाउदै वडा अध्यक्ष र सदस्य सहित वडा न १० का बसिन्दाले जनप्रतिनिधिलाई वडा कार्यलय प्रवेश गराएका छन् ।