इलाममा २० गते लगानी सम्मेलन : मेयर बस्नेत भन्छन्,‘समृद्धिको लागि हो लगानी सम्मेलन’

  • पुस १८, २०७५
  • १२०३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इलामः इलामको सदरमुकाममा रहेको इलाम नगरपालिकाले लगानी सम्मेलन गर्न कात्तिक २० गते मिति तोकेको थियो । तर, विभिन्न कारणवश लगानी सम्मेलन २ महिना पछि सरेर पुस २० गते हुने भएको छ । यो वर्षको असोजमा लगानी सम्मेलनको होमवर्क गरेको इलामले त्यसको ३ महिनापछि २० गते शुक्रबार लगानी सम्मेलन गर्दैछ ।

प्रदेश १ मै पहिलोपटक कुनै स्थानीय तहबाट हुन लागेको यो नै पहिलो लगानी सम्मेलन हो । सम्मेलनको अवधारणा मेयर महेश बस्नेतको टिमले गरेको हो । मेयर बस्नेतले सम्मेलनको अवधारणा, आवश्यकता र महत्वका विषयमा प्रदेश पोर्टलकर्मी विराट अनुपमसँग विस्तृत कुराकानी गरेका छन् । कुराकानीको सारः

लगानी सम्मेलन स्थानीय सरकारहरूमा प्रदेश १ मा मात्रै होइन सम्भवतः नेपालमै पहिलो हो । यस्को अवधारणा कसरी आयो ?
अहिले मुलुकमा आर्थिक विकास र समृद्धिको बहस चुलिएको छ । सबैले आर्थिक समृद्धिका कुराहरूमा ध्यान दिएको अवस्था छ । तर, आर्थिक समृद्धिको लागि आवश्यक लगानी, पूँजी र प्रविधि स्थानीय स्तरमा भएकोले नपुग्ने देखियो । त्यसैले लगानी सम्मेलनको अवधारणा हाम्रो टिममा आएको हो ।

लगानी, बजार र रोजगार सिर्जना गर्नलाई सम्मेलन गर्ने सोचेर छलफल चलाएका थियौँ । यही वर्षको असोजमा त हामीले तयारी समिति नै बनाएर काम गर्न थाल्यौँ ।

यो लागानी सम्मेलनमा कुन कुन स्वदेशी तथा विदेशी दाता र लगानीकर्ताहरू आउँदैछन् ?
लगानी सम्मेलन स्थानीय सरकारले आयोजना गर्न लागेको हो । स्थानीय सरकारको कानुनी सीमितताका कारण हामीले विदेशी दातृ निकायलाई सिधै बोलाउन मिल्दैन । यसको लागि हामीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गर्नुपर्छ । यस पटक हामीले नेपाली लगानीकर्ताहरू, व्यापारिक घरानाहरू र व्यक्तिगत रूपमा उद्योगीहरूलाई आमन्त्रण गरेका छौँ ।

कुनकुन घराना तथा कस्ता उद्यमीहरूलाई निम्ता गर्नु भएको छ ? कोको आउँदै हुनुहुन्छ ?
हामीले उद्योग वाणिज्य महासङ्घ केन्द्रीय अध्यक्ष भवानी राणादेखि व्यवसायीहरू चन्द्र ढकाल, चण्डी ढकाल हुँदै लगानीकर्ता विनोद चौधरीलाई आमन्त्रण गरेका छौँ । गोल्छा, खेतान र अन्य थुप्रै स्थापित नेपाली औद्योगिक घरानाहरूलाई हामीले आमन्त्रण गरेका छौँ । यसमा सबै आउनुहुन्न होला व्यस्तताको कारणले । तर, धेरै जनाको सहभागिता हुनेछ ।

लगानी सम्मेलन गर्नुअगाडि केके क्षेत्रमा लगानीको लागि आग्रह गर्न लाग्नुभएको छ ?
समृद्धिको लागि हो लगानी सम्मेलन । यसको लागि हामीले नीति नै बनाएका छौँ । पर्यटन, कृषि उद्योग, जडीबुटीको क्षेत्र, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा हामीले प्राथमिकता तोकेका छौँ । यो क्षेत्रमा लगानी गर्नेहरू इलाममा पछुताउनु पर्दैन ।

लगानी सम्मेलन त हुने भयो । लगानी गर्न चाहने वा गर्नेहरूलाई केके सहुलियतहरू दिँदै हुनुहुन्छ ?
हामीले यसको लागि स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सक्नेजति सबै कुरामा छुट दिने छौँ । उदाहरणको लागि घरजग्गा किनबेचमा लाग्ने राजस्वमा छुट दिने, व्यवसाय करमा छुट दिने, जग्गा उपलब्धतामा छुट दिने, लगानी भएको क्षेत्रमा पूर्वाधार निर्माण र सुरक्षा प्रबन्धमा ध्यान दिनेछौँ । साथै, नीतिगत रूपमा प्रदेश सरकार र सङ्घीय सरकारसँग हामीले गर्न सक्ने कामहरू हाम्रो स्थानीय सरकारले गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

इटहरीमा ७४ सहितप्रदेश १ मा ४२७ संक्रमित थपिए, ७१३ संक्रमणमुक्त

इटहरीः प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुर ...

सुनसरीमा निषेधाज्ञा खुकुलोः व्यवसायीलाई राहत, सुरक्षाकर्मीलाई चुनौति

इटहरीः सुनसरी जिल्ला प्रशासन कार्यालयमा असार ६ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक ...

‘जति धेरै गसिप, उति नै टीआरपी’

मुम्बईः बलिउडका चर्चित गायक कुमार सानुले विवादित बनेको ‘इन्डियन आइडल १२’ बारे मुख खोलेका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved