विराटचोकः सुन्दरहरैंचा सांस्कृतिक परिवार विराटचोकले आयोजना गरेको पहिलो सुन्दरहरैंचा आइडलमा पहिलो चरणबाट छानिएका ९८ जना आज दोस्रो चरणको लागि प्रतिष्पर्धा गरिरहेका छन् ।

आयोजकका अनुसार गत शुक्रबार जुपिटर इङ्लिस स्कुल गछियामा भएको पहिलो अडिसनबाट ५१ जना छानिएका थिए । शनिबार सिद्धार्थ इङ्लिस स्कुल खोर्सानेमा भएको अडिसनबाट छानिएका ४७ जना प्रतिष्पर्धी छानिएका थिए ।

छानिएका तिनै प्रतिष्पर्धी आज प्रतिष्पर्धामा उत्रिएका हुन् । आजको प्रतियोगिताबाट ४० जना प्रतिष्पर्धी सेमीफाइनलमा पुग्ने छन् । सङ्गीतकारहरू भीम बस्नेत, शेखर मगर र गोकुल न्यौपानेले आजको अडिसनमा सहभागी हुने प्रतियोगीको गायन क्षमताको जाँच गरिरहेका छन् ।

आयोजक संस्थाका अध्यक्ष आनन्द बस्नेतका अनुसार लुकेर रहेका सुन्दरहरैंचाका प्रतिभालाई उजागर गर्न सुन्दरहरैंचा आइडलको आयोजना गरिएको हो । प्रतियोगिता फाइनल भने असोज ११ गते हुने बताइएको छ ।

sundar haraicha idol  (2) sundar haraicha idol  (1) sundar haraicha idol  (3) sundar haraicha idol  (5) sundar haraicha idol  (6) sundar haraicha idol  (8) sundar haraicha idol  (13) sundar haraicha idol  (14) sundar haraicha idol  (15) sundar haraicha idol  (18) sundar haraicha idol  (17) sundar haraicha idol  (19)