इटहरी ः गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । एल्बमलाई बिहीबार राजधानीमा मह जोडी ९मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य० संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु तथा लोकगायक हरिबहादुर राउत र आमा सावित्री राउतलगायतले एल्बम सार्वजनिक गरे ।
कार्यक्रममा हास्य कलाकार हरिवंशले आस्थासँग आफूले फिल्म ‘छक्का पन्जा २’ गीत ‘झ्याम्म झ्याम्म ।’ मा सहकार्य गर्न पाएको सम्झिँदै आस्थाको स्वर भिन्न रहेको दाबी गरे । ‘कसैको गीत सुनिरहँदा एउटै किसिम लाग्छ किनभने त्यस्तै स्वर अन्य गायकगायिकाको पनि हुन्छ,’ हरिवंशले भने, ‘तर आस्थाको स्वर अन्यमा पाइँदैन । परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ ।’ त्यस्तै कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा प्रगति गरेको दाबी गरे । ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाइन्छ,’ उनले भने । आस्थाका बुबा हरिबहादुर कुनै बेला रेडियो नेपालमा लोकगीत गाउँथे भने आमा सावित्री गीतकार हुन् ।

  संगीतकार सुरेश अधिकारीले आस्था जस्तोसुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए । एल्बममा समेटिएको ‘को छ यहाँ’ बोलको गीतमा आस्थाकी आमा सावित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ । धार्मिक, संस्कृति, राष्ट्र भाव र रमाइलो गर्ने मुडका ७ वटा गीत समावेश रहेको राउतले बताइन् । लोक शैलीमा आधारित रहेको ‘नाकैमा फुली।’, गीतमा २०४० सालमा नै माधव केसीको संकलनमा उनका बाबु गायक राउतले गाएको ‘पानी खाने कलधारा कलको।’ गीतको अंशलाई समावेश गरिएको छ । ‘झलझल गर्ने कम्पनी माला।’, ‘राम साइली।’ बोलको गीतलाई पप फ्लेभरमा सुन्न सकिन्छ । त्यस्तै अर्को ‘सिमाना।’, ‘को छ यहाँ ।’ गीतहरू राष्ट्रिय भावनाले भरिएका छन् । एल्बममा नै समावेश ‘हवाईजहाजको टिकट।’ गीतमा भावुकता मिसिएको छ भने ‘दसैं आयो तिहार आयो ।’ मा पर्व र संस्कृतिलाई समेटिएको छ ।

 कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । सान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्काले अभिनय गरेका छन् । हाल टेलिभिजन गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’ सिजन २ को एक निर्णायकसमेत रहेकी आस्थाको पहिलो एल्बम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी बाँध्य छैन भन्दैमा ।’ चर्चित गीत छन् । रिमिक्स गीत ‘सालको पात टपरी गाँसेर।।।’ बाट उनको करिअर सुरु भएको थियो । गायिका राउतले आफू फलभन्दा पनि कर्ममा विश्वास राख्ने भएकाले संख्यात्मकभन्दा गुणात्मक गीत पस्किन सजक रहेको खुलाइन् । दुईरतीन वर्षको अथक प्रयासपछि आएको आफ्ना नयाँ गीतहरूले मुलुकको मौलिक संस्कृति प्रवर्द्धनमा सघाउने उनले विश्वास व्यक्त गरिन् ।