इटहरीः हङकङमा रहेका ८ ट्राभल एजेन्सीहरुको सयुक्त पहलमा नेपालबाट हङकङ जान नपाएका ५ सय ८७ जना नेपालीहरुलाई पठाइएको छ । लकडाउन हुनु भन्दा पहिले हङकङबाट नेपाल आएका उक्त नेपाली नागरिक हरुलाइ सोमबार राती ९ बजे नेपाल वायू सेवा निगमको् ३ वटा बिशेष बिमानबाट हङकङ उडान गरि पठाइएको हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले जानकारी दिए ।
कोरोना भाइरसका कारण नेपालमा अड्किएर हङकङ बस्ने नेपाली तथा बिदेशी नागरिकहरुलाई पहिलो पटक हङकङ फर्काइएको अध्यक्ष रानाले बताए ।

79476561_299643604533849_8456076838093979648_n
आइतबार हङकङ सरकारले पनि एक विज्ञप्ती जारी गर्दै आफ्ना नेपालमा फसेका नागरिकलाई सोमबार आएको २ वटा न्यारोवडि विमानबाट १५८ जनाको दरले जम्मा ३१६ जनालाई उडाउने भनिएको थियो तर हङकङ नेपाली महासंघका अध्यक्ष रानाको बिशेष पहलमा नेपाली र हङकङका ५८७ जना नागरिकलाई उद्धार गरिएको थियो ।

हङकङ स्थित नेपाली वाणिज्यदुताबास संग सहकार्य गरी गत मे २० मा फर्काउने भनिएको थियो तर नेपालमा लकडाउन थप कडा बनाइएकाले सो देशले नागरिक लग्न सकिरहेको थिएन । हङकङ पुगेका नागरिकले खुसी हुदैं सहयोगी सबैलाई धन्यावाद समेत दिएका छन् । उनीहरु सबै अहिले १४ दिन सम्म क्वारेन्टाइनमा बसेर घर जानेछन् ।