इटहरीः आदरणीय पाठक, श्रोता तथा दर्शक मानुभावहरु आजबाट हामीले प्रदेश पोर्टल डटकमको युटुब च्यानल प्रदेश पोर्टलमार्फत साहित्य क्षेत्रमा सर्मपित सर्जकहरुका ५ सृजनालाई यहाँहरु माझ पस्केका छौं ।
सर्जकका सृजनाको पहिलो भागमा मोरङको बेलबारीमा रहेर साहित्य सृजनामा लामो समयदेखि सर्मपित कवि तारा पराजुलीका ५ वटा कविता रचना गर्भसहित लिएर आएका छौं । अब हामी प्रत्येक शनिवार सर्जकका सृजनाहरु भिडियो सहित लिएर आउने छौ । यहाँहरुको सल्लाह सुझाव र प्रतिक्रियाको आशा पनि राखेका छौं ।
आजको पहिलो भागमा कवि पराजुलीका दर्जनौ कविता मध्ये रहर भिजेको मौसम, एउटा परदेशीलाई सम्झेर, गिट्टीमा सपनाहरु कुटेर, भोजपुरसँगै ट्याम्के र अस्वीकृत उपहारको रचना गर्भसहित भिडियोमा कवि स्वय्म तपाईहरु सामु उपस्थित भएकी छन् ।
उनि समकालीन राजनीति र कविता दुवै क्षेत्रमा अग्रगामी चेतनासहित क्रियाशील छिन् । त्यसैले उनका अधिकांश कविताहरु राजनीतिको तातो गर्भबाट जन्मिएका हुन्छन् । जसले आजको बदलिँदो समाज,फेरिँदो सौन्दर्य, भत्कँदो सङ्क्रमण र उदाउँदो सपनाहरुलाई जीवन्त बिम्बहरुमा उतारेका छन् ।
समाजका थुप्रै जडता, विसङ्गति र अन्धकारहरुको विपक्षमा उभिएर मान्छेको स्वतन्त्रताका लागि लडिरहनु उनका कविताको गन्तव्य हो ।
कक्षा ४ मा अध्ययन गर्दादेखि नै साहित्य सृजनामा लागि परेकी कवि पराजुलीका ४ वटा बालकथा र एउटा कविता संग्रह प्रकाशित भईसकेका छन् । उनका दर्जनौ कविताहरु देश विदेका बिभिन्न संचारमाध्यमहरुका प्रकाशित भईसकेका छन् । उनले लेखेका १६ वटा गीतहरु देशका चर्चित गायक गायिकाहरुले आफ्नो स्वर भरी सकेका छन् । बाँकी यो भिडियोमा ।