इटहरी :सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । उनीहरू केही दिनअघि भारतबाट आएका थिए ।
यो सँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।
यस्तै बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस ९कोभिड १९०को संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार संक्रमित ४० मध्ये ३७ जना पुरूष हुन् भने ३ जना महिला हुन् ।