इटहरी: सुनसरी इटहरी उपमहानगरपालिकाभित्र मंगलबार राति १२ बजेपछि लकडाउन गरिने भएको छ । इटहरीका मेयर द्धारीकलाल चौधरीको अध्यक्षतामा बसेको उपमहानगरको बैठकले ५ दिन लकडाउन गर्ने निर्णय भएको हो । लकडाउन अबधि भित्र अति आबश्यक बाहेक सबै सेवा बन्द गरिने छ । बैठकले पालिका भित्र दुध बोक्ने गाडी र औषधी पसल बाहेकका सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।