ईटहरीः डिथ्री अनलाईन संचालन गरिरहेको परिकला मिडिया प्राली ले कोरोना त्रासको बिच सामाजिक संजाल मार्फत एक प्रतियोगिता आयोजना गरेको छ । ‘टिकटक तिज क्विन(२०७७’ नाम दिइएको उक्त प्रतियोगिताको नतिजा सार्बजनिक गरिएको छ । फरक कन्सेप्टमा गरिएको सार्बजनिक शैलीबाट प्रतियोगिताको बिजेता मनिका बोहोरा, फर्स्ट रनरअप एलिशा क्षेत्री र सेकेन्ड रनरअप सिर्जना पोख्रेल भएका छन् । यस्तै सब(टाईटल अवार्ड पाउनेहरुको नाम पनि घोषणा गरिएको छ । जसमध्ये बेस्ट ड्रेसअप मन्जु मगर, बेस्ट एक्स्प्रेसन भावना श्रेष्ठ, बेस्ट डान्स जुनु श्रेष्ठ, ब्युटीगर्ल ईजिना चौलागाईं, बेस्ट क्वालिटी संगीता रेग्मी, बेस्ट लिटिल स्टार अज्लिना शर्मा र मिस चार्मिङको अवार्ड रश्मिता श्रेष्ठले जितेकी छन् । त्यस्तै जन्मजात अपाङ्ग भएर सुन्दर जिन्दगी जिउन कोशिस गरिरहनु भएकी हेटौडाकि देवि ढुङेलको स्व(ईच्छाले प्रतियोगितामा सहभागीता रहेको थियो । त्यो इच्छा शक्तिलाई सम्मान गर्दै आयोजक टिमको तर्फबाट २५०० नगद ‘प्रोत्साहन पुरस्कार’ स्वरुप दिने घोषणा समेत भएको छ ।

डिथ्रीको स्टुडियोबाटै लाईभ गरिएको कार्यक्रममा साङितिक माहौलका लागि गायक तथा रचनाकार केशब राईको उपस्थिति रहेको थियो । राईले आफ्नो विभिन्न गीतहरु सुनाएका थिए । उक्त लाईभ कार्यक्रमबाट बिजेताहरु घोषणा मात्र गरिएको तर पुरस्कार बितरणको कार्य भने बाकी नै रहेको प्रतियोगिताको कन्सेप्ट डिजाईनर, ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले बताए । कोरोनाको त्रास कम भएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरि बिजेताहरुलाई पुरस्कार तथा अवार्ड बितरण गरिने संकल्पले बताए ।
डिथ्री फोटोग्राफी फेसबुक पेजबाट गराईएको प्रतियोगितामा २६ जनाको सहभागीता रहेको थियो । सो पेजमा राखिएको प्रतिष्पर्धिको टिकटक भिडियोमा आएको लाईक, शेयर र भ्युजको आधारमा बिजेता र उप बिजेताहरु घोषणा गरिएको हो भने सब टाईटल अवार्डहरु भने आयोजकको मुल्यांकनको आधारमा गरिएको कार्यक्रमकि कोअर्डिनेटर संगीता चौधरीले बताईन । लाईक, शेयर र भ्युजलाई भोटमा कन्भर्ट गरिएको थियो । जसअन्तर्गत बिजेताले ४ हजार ३ सय ३ भोट, फर्स्ट रनरअपले ४ हजार ११ भोट र सेकेन्ड रनरअपले २ हजार ९६ भोट प्राप्त गरेको कार्यक्रमको अर्का कोअर्डिनेटर शर्मिला दाहालले बताईन ।

TIKTOK TEEJ QUEEN-WINNERS (1)

यस कम्पनीले गत वर्षमा पनि फोटो प्रतियोगितालाई स्तरिय बनाउने उद्देश्य सहित तीजको अवसरमा फरक कन्सेप्ट अर्थात आयोजक कम्पनीले नै प्रोफेसनल फोटोसुट गरेर सोही फोटोको प्रतियोगिता गरेको थियो । यसवर्ष सो कन्सेप्टलाई अन्य केही कम्पनी तथा सस्थाहरुले पनि सुरु गरेको कारण यो पटक तिजकै अवसर पारेर फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन २०७७’को आयोजना गरेको संकल्पले बताए । बिजेताले नगद पुरस्कार संगै अन्य अफरहरु प्राप्त गर्नेछन् । बिजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगद संगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन भने सोही फोटोसुटको तस्वीर सहित ३ जनाकै छुट्टा छुट्टै मिडिया न्युज कभरेज गरिनेछ ।

साथै अन्य गिफ्टहरु पनि प्राप्त गर्नेछन् । अन्य सम्पुर्ण सहभागीहरुले प्रमाणपत्र साथै मेकअप कोर्समा ५० प्रतिशत छुट पाउनेछन । पुरस्कार बितरणको फाईनल कार्यक्रमको लागि प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायक तथा भारतिय च्यानलबाट प्रसारण हुने ख्यातिप्राप्त टिभी रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’का सेकेन्ड रनरअप प्रीतम आचार्यलाई फाईनल गरिएको छ । कार्यक्रमको सहयोगीको रुपमा “श्रद्धा टुर एण्ड ट्राभल, हरियाणा”, “धरान स्टिल फेब्रीकेटर वर्क, धरान”, ‘कल्पना ब्युटी पार्लर, ईटहरी’, उत्सव होटल, ईटहरी र हिनाज ब्युटी पार्लर ईटहरी रहेको छ ।