हाम्रोबारे

प्रदेश १ का १४ जिल्लाका प्रादेशिक प्याकेज समाचार पस्कने प्रदेश १ को अनलाइन समाचार पोर्टल हो, प्रदेश पोर्टल डटकम । नेपाली र अंग्रेजी दुवै भाषामा स्थानीय समाचार आफ्नै समाचार समूहबाट पस्कने एक्लो अनलाइन समाचार स्रोत पनि हो, प्रदेश पोर्टल डटकम ।

'संघीय समाचार, प्रादेशिक कोण' नारा रहेको हाम्रो पोर्टल कपि-पेस्ट अनलाइन पत्रकारितामा विश्वास नगर्ने र आफ्नै मौलिक समाचार प्रकाशन गर्ने पोर्टल हो । अनलाइन, प्रिन्ट, प्रशारण र भिडियो पत्रकारितामा खारिएको समाचार समूहले भरिएको हाम्रो न्युज पोर्टल राष्ट्रिय समाचार समिति र केही विदेशी समाचार एजेन्सीको ग्राहक हो ।