धरानः वार्ताको लागि आन्दोलनकर्तालाई आव्हान गरेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी सोमबार अचानक आन्दोलनकारीबाट घेरिए ।

कार्यलयको काम सकेर निवास तर्फ हिडेका उपकुलपति गिरीलाई आन्दोलनकारीले भेटेपछि एक घण्टासम्म घेरेर राखेका थिए ।

प्रतिष्ठानले आइतबारै पाँच सदस्यीय वार्ता टोली गठन गरेर घोपा बचाउन आन्दोलनका तर्फबाट पनि वार्ता टोली बनाउन आग्रह गरेको थियो । आन्दोलनरत समुहले उपकुलपति विना वार्तामा नबस्ने भनेर भनेपनि प्रशासनले भने त्यसमा चासो देखाएको थिएन ।

सोमबार धरान नवनिर्वाचित मेयर हर्कराज साम्पाङ्गको अग्रसरतामा आन्दोलनरत समह र पदाधिकारीविच उपकुलपतिकै कार्यकक्षमा वार्ता भएको छ ।मेयर वार्ताकै माध्यमबाट समाधान खोज्ने निस्कर्षमा रहेपनि त्यसको चाँजो पाँजो मिलाउन व्यस्त थिए भने सोमबार अचानक उपयुत्त समय पाएका थिए ।

279761452_769112707767407_2822264844568375972_n

त्यतिबेलै प्रतिष्ठानमा आन्दोलनरत पक्षका हामी नेपाली समुहका आन्दोलनकारीले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई रोकेर राखेको खबर पाएपछि मेयर साम्पाङ्ग वीपी प्रतिष्ठानमा पुगेका थिए ।

त्यसपछि वार्ता टोलीका पदाधिकारी, मेयर साम्पाङ,इलाका प्रहरी कार्यलय धरानका डिएसपी लगायतको टोली प्रतिष्ठानमा पुगेको थियो । त्यहाँ पुग्दा ‘घोपा बचाऊ’ अभियानकर्मीले उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई रोकेर राखेका थिए । अभियानकर्मी र सुरक्षाकर्मीको घेरामा रहेका उपकुलपति डा ज्ञानेन्द्र कार्कीलाई मेयर साम्पाङले त्यहाँ पुगेर पनि वार्ताकै माध्यमबाट समाधान खोजिने बताएपछि आन्दोलनरत् पक्षले पनि ७–८ जनाको टोली खटाएको थियो

280426893_1066474643942220_2393913308777530250_n

वार्तामा मेयर साम्पाङ, उपकुलपति डा.गिरी, वार्ता टोलीका पदाधिकारीहरु सामेल भएको वार्ता टोलीले १४ दिनभित्र आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने र माग सम्बोधन भए नभएको हेर्न कार्यदल समेत गठन भएको छ ।

आन्दोलनको ५५ औँ दिनमा वार्ता सम्भव भएको हो । हामी नेपाली समुहका आन्दोलनकर्ताले प्ले कार्ड बोकेर दैनिक अपरान्ह ४ बजेदेखि ६ बजेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बस्ने गरेका छन् । सयदेखि आठ सयसम्म युवा, बालबालिका तथा वृद्ध भेला हुने गरेका छन् ।

बीपीमा जाँच गर्न जाने विरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्था छ, आन्दोलन रत समुहले प्रतिष्ठानमा आइसियु वेड थप्नुपर्ने, डाक्टरहरु सभ्य भएर उपचार गर्नुपर्ने, प्रतिष्ठानमा भएको भ्रष्ट्राचार अन्त्य हुनुपर्ने लगायतका माग राखेका छन् । वार्ताको क्रममा उपकुलपति गिरीले मागहरु पुरा गर्ने बचन वद्धता गरेका थिए ।