इटहरीः धरानबाट घर फर्किएका मोरङको होक्लाबारीमा व्यवसाय गर्ने धनराज बुढाथोकीको शब सड्ने अवस्थामा भाउन्नेको जंगलमा फेला परेको छ ।होक्लाबारीमा लामो समयदेखि किराना तथा दुध डेरी संचालन गरिरहेका बुढाथोकी पहाडबाट धरान आई एक दिन बसेको र घर फर्किने क्रममा बेपत्ता भएको खुल्न आएको छ । 
मंगलबार बिहान घाँस दाउरा गर्न जाने स्थानीयले उनको शब मोरङको बेलवारी १० स्थित भाउन्नेको जंगलमा सड्ने अवस्थामा फेला पारेका हुन् । उनिहरुले कानेपोखरी १ होक्लाबारीका ५८ बर्षीय धनराज बुढाथोकीको सड्न लागेको शव पिठारीको रुखमा झुण्डीरहेको अवस्थामा फेला परेका थिए ।
बुढाथोकी गत फागुन २५ गते धरानदेखी घर आँउदै गर्दा बीच बाटोबाटै वेपत्ता भएका थिए । सो दिन उनले परिवारका सदस्यसंग मोबाइल मार्फत सम्पर्क गरेका थिए । त्यसपछि उनि एकाएक वेपत्ता भएको उनका छोरा महेन्द्र बुढाथोकीले जनाएका छन् ।
फोन गरेर आफु धरानबाट व्यवसायीक काम सकेर घर फर्किदै गरेको जनाएका उनी घर नआएपछि परिवारका सदस्यहरुले खोजी कार्य थालेका थिए । खोज्ने क्रममा सो दिन साँझ ७ बजे उनले बोकेको मोबाईलको लोकेशनले उनि बिराटनगरमा भएको देखाएको छोरा महेन्द्रले बताए ।
शब पहिचानका लागि शब फेला परेको स्थानमा आएका छोरा महेन्द्रले भने –‘बुवाले शरिरमा सुनका गहना लगाउनुभएको थियो । व्यवपारको पैसापनि बोक्नुहुन्थियो । त्यही गहना र पैसाका लागि बुबाको कसैले हत्या गरि झुण्डाएको हुनु पर्छ । घटनाको राम्रोसंग छानविन होस् ।’
सडेको अवस्थामा धनराजको शब घाँस दाउरा गर्न जंगल गएकाले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । अनुहार नै नचिन्ने गरि सडिसकेको शब कम्मरमा लगाउने बेल्टको प्रयोग गरि पिठारीको रुपमा झुण्डिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बुढाथोकीको कसैबाट हत्या हो, या आत्माहत्या हो ? भन्ने बिषयमा प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।

मंगलबार बिहान घाँस दाउरा लिन जंगल गएका ब्यक्तिहरुले रुखमा झुण्डीरहेको अवस्थामा रहेको जानकारी गराएपछि इलाका प्रहरी कार्यलय बेलबारी बाट प्रहरी गएर थियो । पुर्ण रुपमा सडेर अनुहार चिन्न नसकिने अवस्थामा रहेको उक्त लाश आफ्नै बेल्टमा झुण्डीएको इलाका प्रहरी बेलबारीले जनाएको छ ।