धरानः भाद्र २२ गते आफ्नै घरमा रहस्यमय मृत्यू भएकी सुनिहाङ्गमा लिम्बूको न्यायएको लागि ५ सय १ सदस्यसीय अभियान समिति गठन भएको छ ।
समितिले आइतबार पत्राकार महासङ्घ सुनसरीको सभाहलमा पत्राकार सम्मेलन गर्दै मृतकका सिङ्गपुर पुलिसमा कार्यरत युबी भनिने आईत माबोलाई अनुसान्धानको दायरामा ल्याउन समेत माइती पक्षले माग गरेका छन ।
मृतक सुनिहाङ्माका काका अरुण तिगेलाले मृत्यू प्रकरणमा किटानी जाहेरीमा नाम उल्लेख भएका ५ जना मध्ये अनेक चलखेल कारण श्रीमान आईत माबोलाई अनुसन्धानको दायरा नल्याइएको दावी गरेका छन । सुहिाङ्गमाको मृत्यूको कुरामा घरपरिवारले भनेजस्तो नभई फरक भएको हुँदा आत्महत्या हत्या भएको दावी गरे ।

20200920_160743
उनले ज्यान सम्बन्धि कसूर मुद्दामा हिरासतमा रहेका ४ जना अभियुक्त मध्ये सञ्जु मावोलाई कोरोना भाइरसको कारण देखाउँदै हामीलाई जानकारी नदिई छुट्नु । पोष्टमार्टम रिपोर्ट नआउनु , कोरोना लागेको मान्छेलाई स्वाथ्य सरक्षाका ेसावधानी नअपानाउनुले प्रहरी प्रशासन माथि नै थप शंका उत्पन्न भएको पनि वताएका छन ।
छथर गाउापालिकाका प्रमुख सन्तोष तिगेलाले धेरै नेपाली चेलीहरुले न्याय नपाउनु विभिन्न खाले चलखेल र कानुनी बाधा अड्चन रहेको यो घट्नाले जानकारी दिएको वताए । उनले थपे, कानुनमा भएको कुरालाई कार्यन्वयनमा ल्याउन सडक आउनु पर्ने वातावरण बन्नु दुःखद भएको हो ।
मृतक लिम्बूको न्यायको लागी अभियान छथरे समाज धरानका अध्यक्ष मोहन प्रसाद तिगेला संयोजक रहेको समितिमा १२ जना सह संयोजको रहेका छन । अभियानका संयोजक तिगेलाका भने मृतकका श्रीमान र आफन्तहरुले विभिन्न संचारमाध्यम र समाजिक सञ्जालमा दिएको अभिव्यक्ति र अनुसन्धान प्रक्रिया ढिलाई हुनुले घटना थप रहस्यमय बन्दै गएको वताए । समितिले सुनिहाङ्गमाको न्यायको लागि आवश्यक पहल र संघर्षका कार्यहरु गर्दै जाने वताएको छ ।