इटहरीःआइपीएल कृकेट–२०२० अन्तरगत हिजो सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई १० रनको झिनो अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६३ बनाएकोमा १६४ रनको लक्ष्य प्राप्त गर्न हैदरावाद १९ दशमलव चार ओभरमा १५३ मात्र बनाउन सकेपछि ११ रनले चुकेको हो । ओपनर जोनी बेय¥स्टोले अर्धशतक प्रहार गरेपनि मिडल अर्डरका खेलाडी लगातार आउट हुँदा हैदरावाद बैंगलोरसामु स्तब्ध बनेको हो । बेय¥स्टोले सर्वाधिक ६१ रन बनाउँदा मनिस पाण्डेले ३४ र प्रियम गर्गले १२ रनको योगदान गरेपनि अन्य कुनै खेलाडीले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् । बेङ्गलोरका लागि युवा ओपनर देबदत्त पाडिक्कल र एबी डे भिलियर्सले अर्धशतकीय साझेदारी गरे ।
बेङ्गलोरका लागि युजभेन्द्र चाहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै शिवम दुबे र नवदीप सैनीले २–२ विकेट लिए । पाडिक्कलले ४२ बलमा ८ चौका प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए । यस्तै डे भिलियसर्सले ३० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए । यस्तै आरोन फिन्चले २९ र कप्तान कोहलीले १४ रन जोडे । हैदरावादका लागि टि नटराजन, अभिषेक शर्मा र विजय शंकरले १–१ विकेट लिए ।