पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिकामा औसतमा प्रतिमहिना २ जनाले आत्महत्या गर्ने गरेका छन ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत वैशाख देखी यता पथरी शनिश्चरेका १० जनाले आत्महत्या गरेका छन् । त्यसको अघिल्लो वर्ष ६ जनाले आत्महत्या गरेका थिए ।
पथरी शनिश्चरेमा आत्महत्याको घटना वढ्दै गएको यो तथ्यांकले प्रष्ट पार्छ । ‘एक महिनामा औषतमा २ जनाले आत्महत्या गर्नु सामान्य अवस्था नहुनु होे’, ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी दिलिप कुमार गिरीले भने,‘आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी देखिएका छन्, अघिल्लो साल पथरीमा ३ महिला र ३ पुरुष गरि ६ जनाले आत्महत्या गरेका थिए ।
गत जेठमा पथरी शनिश्चरेमा एकै महिना ४ जनाले आत्महत्या गरेका थिए जसमा २ महिला र पुरुष रहेका थिए । साउनमा २, भदौमा २, असारमा १ र वैशाखमा १ ले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमध्ये झुण्डिने विकल्प लिने धेरै रहेका छन् ।
यस वर्ष असोज सम्म आइपुग्दा पथरी शनिश्चरेमा आत्महत्या गर्नेको संख्या १० पुगेको छ जसमा ७ पुरुष र ३ महिला रहेका छन् ।
यस्तै ईलाका प्रहरी कार्यालय पथरीको क्षेत्रअन्र्तगत कानेपोखरी गाउपालिकामा आसोज सम्ममा आत्महत्या गर्नेको सख्या ४ पुगेको छ । जसमा पुरुष र महिलाको संख्या बराबर रहेको छ ।
गत साल भने कानेपोखरीमा ५ जनाले आत्महत्या गरेका थिए । जसमा ३ महिला र २ पुरुष रहेका थिए ।
मानिसमा छिटो प्रगति गर्ने चाहान, आकांक्षा र कुण्ठाले डिप्रेसन देखिएको छ। डिप्रेसनमा पुगेकाहरु नै आत्महत्याको निणर्यमा पुग्ने गरेको मनोचिकित्सकहरु बताउँछन्।
‘तनाव, एक्लोपना, मानसिक तनाव आदि कारणले पनि मानिस आत्महत्या जस्तो गंभिर कदम चाल्ने गरेको मनोचिकित्सकहरुको बताउछन् । आत्महत्याबाट बचाउन सबै क्षेत्र सचेत हुनु पर्ने तर्क उनिहरुको रहेको छ तर स्थानिय सरकारले भने यस तर्फ कुनै कदम चालेको पाईएको छैन ।
पथरी शनिश्चरेमा गतवर्ष १ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । भने ५ जनाले विष खाएर आत्महत्या गरेका थिए । गत सालको पौष महिना देखी अहिले सम्म पथरी शनिश्चरे र कानेपोखरीमा गरी २५ जनाले आत्महत्या गरिसकेका छन् ।
यस वर्षको असोज सम्ममा आत्महत्या गर्ने सवै १० जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको रिर्पोटले जनाएको छ ।
यो वर्ष आत्महत्या गर्नेको संख्या कानेपोखरी र पथरी शनिश्चरेमा सवै भन्दा वढी पथरी शनिश्चरेमा १० र कानेपोखरीमा ४ जना रहेका छन् ।
अघिल्लो वर्ष पथरी पथरी शनिश्चरेमा ६ र कानेपोखरीमा ५ रहेका थिए । बढ्दो महत्वकांक्षा र बदलिँदो जीवनशैलीले पनि आत्महत्या बढ्दै गएको विज्ञहरु बताउँछन ।
दिनप्रतिदिन मानिसको जीवनशैली खर्चिलो बन्दै गएको छ । बेरोजगारीको समस्या पनि उत्तिकै बढ्दै गएको अवस्थामा मानिसले मृत्यु सहजरुपमा रोज्ने गरी मानसिकता विकास भैरहेको छ जसलाई रोक्न स्थानिय सरकारले बेलैमा त्यस तर्फ ध्यान दिई सहजीकरण गर्न सके यस्ता घटनाहरुमा कमी आउने विज्ञहरुको तर्क रहेको छ ।