संखुवासभा: जिल्ला व्याडमिन्टन संघ संखुवासभाको आयोजनामा भएको चौथो नर वहादुर विष्णुमाया स्मृति खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको उपाधी भोजपुरले हात पारेको छ । प्रतियोगितामा सुनसरी द्धितीय भएको छ ।

सदरमुकाम खाँदबारीमा भएको फाइनल खेलमा भोजपुरका बिसाल तामाङ र प्रविण बस्नेतको जोडिले सुनसरीका थमानसिंह गुरुङ र रविन साउदेनलाई पराजित गर्दै उपाधी हात पारेका हुन् । प्रतियोगितामा उल्लास बिसुङके र सृजल पोख्रेल तथा दिपक खड्का र मोहन कटुवालको जोडि तृतीय भएको छ ।

जोगविर प्रतिष्ठान संखुवासभाले प्रायोजन गरेको प्रतियोगिताको सेमिफाइनलमा भोजपुरले संखुवासभाका दिपक खड्का र मोहन कटुवालको जोडीलाई पराजित गर्दै फाइनल प्रवेश गर्दा सुनसरीले संखुवासभाकै उल्लास विसुङ्के र सृजल पोख्रेलको जोडीलाई पराजित गरेको खेल संयोजक छितिज बरालले जानकारी दिए । 

उनका अनुसार प्रतियोगिताको अनुसासित खेलाडि रविन साउदेन र उत्कृट खेलाडि मोहन कटुवाल घोषित भए । विजेता बनेको भोजपुरले नगद ३० हजार हात पार्दा उपविजेता बनेको सुनसरीले नगद १० हजार हात पार्यो । तृतीय बनेका खेलाडीले नगद ५ ÷५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

गत १४ गते सुरु भएको प्रतियोगितामा संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी र मोरङका २८ वटा टोलिको सहभागिता रहेको थियो ।

game 2 copy