धरानः पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । नतिजा घोषणा भएको दुई महिनापछि आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रमबीच उनीहरूलाई पुरस्कृत गरेका हुन् ।
करिब तीन महिना चलेको प्रतियोगिताको अन्तिम निर्णय गत साउन २२ गते सार्वजनिक भएपनि कोभिड–१९ को महामारी र लकडाउनका कारण तत्कालै पुरस्कार वितरण गर्न नसकिएको सयङले सूचनामार्फत जनाएको थियो । सामाजिक दूरी कायम गर्दै सीमित सहभागितामा धरानमा विभिन्न शीर्ष विधाका विजेताहरूसहित प्रतियोगिताका विजयीहरूलाई नगद, सम्मानपत्र र उपहारसहित पुरस्कृत गरिएको प्रतियोगिताका सहसंयोजक सागर सरगम चेम्जोङले बताए । उनले अन्य विजेतासहित उत्कृष्ट दश, शीर्ष पाँच विधाका विजेता र ११ जना व्यक्तित्वहरूलाई सम्मानित गरिएको जनाए । उनीहरूलाई प्रमुख अतिथि एवम् धरान प्रज्ञा प्रतिष्ठानका प्रमुख अम्बिका सम्बाहाम्फेले सम्मान गरेका थिए ।
याक्थुङ(लिम्बु) समुदायको मौलिक गायन विधा मानिने पाःलाम प्रतिस्पर्धामा नेपाल, भारत र विदेशका तीन दर्जन बढी मुलुकहरूबाट ३५२ प्रतियोगीहरूसहित करिब ४०० प्रतियोगीहरू सामेल थिए । चुम्लुङ चरण(पहिलो चरण) बाट फक्ताङलुङ चरणमा ५० जना प्रवेश गरेका थिए । त्यस्तै, साम्लोलुङधुङ चरणमा २० जना प्रतियोगीहरू हुँदै अन्तिम चरण मानिएको मेन्छ्यायेम चरणमा दश जना छनोट भएका थिए । सँस्कृतिविद् यासेली योङहाङ, गायिका मनु नेम्वाङ र मुन्धुम सङ्गीतका प्रवर्तक झुमा वनेम रहेको निर्णायक मण्डलले अन्तिम नतिजा घोषणा गरेको थियो । निर्णायकको ४० प्रतिशत मत र सामाजिक सञ्जालबाट प्राप्त ६० प्रतिशत मतका आधारमा ताप्लेजुङकी सुनिता लाबुङ पहिलो, तेह«थुमका शिव कुमार सम्बाहाम्फे दोस्रो र धरानकी सुनिता सङ्यक तेस्रो भएका थिए । उनीहरूले क्रमशः नगद ५० हजार, ४० हजार र ३० हजारसहित सम्मानप त्र र उपहार प्राप्त गरेका थिए । त्यस्तै, पेपराज माबुहाङ र शान्तिराम खरेलले उत्कृष्ट पालाम चो?लुङ सान्त्वना, विक्रम येक्तेनले सर्वोत्कृष्ट प्रस्तुति, इन्दिरा नेम्वाङले उदयीमान कलाकार, सुमन लिम्बुले सेहोनाम्लाङ, जीवन केदेमले मुक्कुमलुङ र साँगुले ठूलेले साङ्गोती हाङ्गोतीको उपाधि हासिल गरेका थिए ।

FB_IMG_1602325527628
यसैगरी, उत्कृष्ट तुम्याहाङ समूह सुखविर ताम्लिङ, तेन्छा सेक्सिङ थुम्खो(पब्लिक च्वाइस) कुमार विक, उत्कृष्ट पालाम शब्द निलिमा साम्पाङ राई, उत्कृष्ट फरक समुदाय बम विरही कुलुङ राई र लोपोन्मुख भाकाको उपाधि सरला लिम्बुले जितेका थिए । उनीहरूले जनही नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरे । सम्मानित व्यक्तित्वहरूमा पदम सम्बाहाम्फे, सोना साउदेन, टुपेन्द्र येक्तेन, टेकराज तिगेला, रूपलाल खाम्धाक, थानाहाङ तिगेला, भिमा साउदेन, सुरोज मादेन, आइत खजुम, आइतमाया ईजम, चन्द्र आङदेम्बे र देवेन चेम्जोङ रहेका छन् ।
यस्तै, चुम्लुङ यूकेले प्रतियोगितामा सामेल भएका गैरलिम्बु समुदायका सम्पूर्ण प्रतियोगीहरूलाई उपलब्त्र गराएको जनही पाँच हजार रूपैयाँ र सम्मानपत्र समेत सोही कार्यक्रममा उपलब्ध गराएको समारोहकी संयोजक एवम् सयङ सदस्य यमुना तुम्सा सङ्यकले बताइन् । विजेता र सम्मानित सबैलाई चौबिसे सङ्यक ढाका उद्योगले ढाकाको सामग्री उपहारस्वरुप प्रदान गरेको थियो । कार्यक्रम सञ्चारकर्मी मेरिना तुम्साले सञ्चालन गरेकी थिइन् ।

received_832734174141646