गोठगाउँः सुन्दरहरैंचाको वडा नम्बर ७ गोठगाउँमा रहेको नेपाल कम्प्युटर सेन्टर र मितेरी बैंकको गोठगाउँ शाखाको आयोजनामा गोठगाउँमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

दशैंको शुभकामना आदानप्रदानसहित सिर्जनात्मक तरिकाले दशैं मनाउन हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको कम्प्युटर सेन्टरका सञ्चालक शम्भु राईले बताए । यसै साता विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको सेन्टरले लगत्तै ३५ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिबीच हाजिरीजवाफ प्रतियोगिता गराएको हो ।

प्रतियोगितामा तिलक राई, श्रवण घिमिरे र अच्युत पोखरेलको समूह पहिलो भएको थियो । अम्बिका सापकोटा, चिरञ्जीवी शिवाकोटी र लक्ष्मण खरेलको समूह दोेस्रो र हिमाल कोइराला, भागवत पौडेल र भुपेन्द्र घिमिरेको समूह तेस्रो भएका थिए । विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचाको वडा नम्बर ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौला र विशिष्ट अतिथि शिक्षासेवी टोमबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । विजयी समूहलाई प्रमाणपत्र र मेडल वितरण गरिएको थियो ।

सिर्जनात्मक कामका लागि सहयोग गर्न वडा तयार
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिटौलाले वडाभित्र हुने सिर्जनात्मक कामको लागि सहयोग गर्न वडा सदैव तयार रहेको बताए । सामान्य ज्ञानसम्बन्धी थप जानकारी प्राप्त हुनुका साथै कतिपय पूर्व जानकारीलाई नवीकरण गर्न पनि यस्ता प्रतियोगिता सहयोगी हुने उनको भनाइ थियो ।

कार्यक्रमबाट प्रभावित भएर प्रमुख अतिथि सिटौला, सहभागी अच्युत पोखरेल तथा दाहाल कोल्ड सेन्टरले कार्यक्रममा आर्थिक सहयोग गरेका थिए । प्रतियोगिताको सहयोगी संस्थामा सिबी कलेज, नरेन बुक्स एण्ड स्टेशनरी, विनोद किराना पसल, कार्की हार्डवेयर, आयुष प्रिन्टिङ प्रेस, लालीगुराँस भजन कीर्तन समूह, बि एण्ड एल स्टोर, पाथीभरा टायल्स एण्ड मार्बल सेन्टर, वाइ एसएस नेपाल रहेका थिए ।
ncc hajirijabajf (1) ncc hajirijabajf (2) nccc (2) nccc (4) nccc (3) nccc (1)