इटहरीः आगामी फागुन १४ र १५ गते इटहरी रंगशालामा प्रदेश नम्बर १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

विराट टेलिभिजन, चन्द्रमा तेक्वान्दो डोजाङ र सनसाइन तेक्वान्दो डोजाङको संयुक्त आयोजनमा प्रतियोगित हुन लागेको आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ । प्रदेश १ का १० वटा जिल्लाका चार सयभन्दा बढी खेलाडीहरुको सहभागितामा कार्यक्रम गर्न लागिएको सनसाइन तेक्वान्दो डोजाङका प्रशिक्षक तथा सञ्चालक सतिस काफ्लेले जानकारी दिए । विराट टेलिभिजनको प्रथम वार्षिकोत्सवको अवसरमा हुन लागेको प्रतियोगिता इटहरी रंगशालामा रहेको तेक्वान्दो कवर्ड हलमा दुई दिनसम्म सञ्चालन हुर्ने विराट टेलिभिजनका विकल पौडेलले जानकारी दिए । विभिन्न तौल समूहमा ३५ वटा ‘फाइट’ हुने आयोजकले जानकारी दिएको छ ।

पुरुषतर्फ १७ र महिलातर्फ १८ वटा खेल हुनेछ । सो प्रतियोगितमा प्रथम, दृत्तिय र तृत्तिय हुनेलाई क्रमश दश हजार, सात हजार र पाँच हजार नगद दिइने आयोजकले जानकारी दिएको छ । यस्तै, प्रतियोगितामा उत्कृष्ट हुने पुरुष र महिला एक÷एक जनालाई नगदसहित सम्मान गरिनेछ । साथै सहभागी सबैलाई प्रमाणपत्रले सम्मान गरिने आयोजकले बताएका छन् । सात लाख ८५ हजारमा सम्पन गर्ने लक्षका साथ हुन लागेको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, हरिनगरा गाउँपालिका बुढीगंगा गाउँपालिका, गोरखा भर्ति तालिम केन्द्र धरानले सहयोग गरेको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ ।