इटहरीः सुनसरीको इटहरीमा फागुन २८ गतदेखि राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल, सुनसरीका आयोजनामा सात वटै प्रदेशबाट खेलाडीहरु सहभागी हुनेगरी प्रतियोगिता हुन लागेको संघका इटहरी अध्यक्ष खेमराज कार्कीले जानकारी दिए । खेलमा सात प्रदेशका सात वटा टिम, नेपाल विद्यालय खेलकुद महासंघ र आयोजकगरी नौ टिम सहभागी हुने खेल फागुन २८ र २९ गते इटहरी रंगशालाको कवर्डहलमा सञ्चालन हुने उनले जानकारी दिए । प्रतियोगितामा विभिन्न विधामा एक सय २५ जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहने उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, दृत्तीय र तृत्तीय हुने साथै उत्कृष्ट महिला र पुरुषलाई सिल्ड, पदक र प्रमाणपत्रले सम्मान गरिने अध्यक्षको भनाइ छ । आठ लाख रुपैयाँ खर्च हुने उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्बाट दुई लाख, इटहरी उपमहानगरपालिकाबाट एक लाख र स्थानीय संघसंस्थाबाट एक लाख र संघको सुनसरी जिल्ला कार्यसमिति तथा डोजाङबाट चार लाख संकल गरिने आयोजकले जानकारी दिएको छ ।