इटहरीः राष्ट्रपति रनिङ्ग सिल्डअन्तर्गत संखुवासभामा पालिका स्तरका माध्यमिक विद्यालयहरुको छनोट चरणको खेल सुरु भएको छ ।

सोही क्रममा जिल्लाको चैनपुर नगरपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय छनोट खेल सम्पन्न भएको छ । नगरपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयहरु सहभागी भएको खेलमा श्री शारदा माध्यमिक विद्यालय त्रिशूले प्रथम भएको छ । २२ वटा विधा समावेश भएको छनोट खेलमा शारदा मा.वि त्रिशूलेले सात स्वर्ण, पाँच रजत र चार कास्य पदक आफ्नो पोल्टोमा पार्दै प्रथम भएको विद्यालयका खेल शिक्षक राजकुमार राईले जानकारी दिएका छन् । उनले कब्बडी छात्र÷छात्रा, १५ सय मिटर दौड (छात्रा) हाइजम्प (छात्रा), लङजम्प (छात्रा), ज्यावलिङ्ग थ्रो (छात्रा) र सडपुड (छात्रा) मा विद्यालयले स्वर्ण पदक प्राप्त गरेको जानकारी दिए ।

3 (2)

 

यस्त,ै छनोट चरणकै खेलमा सरस्वति माध्यमिक विद्यालय चैनपुर (माथिल्लो)ले ५ स्वर्ण र ५ रजतसहित दोश्रो स्थान हासिल गरेको छ । अर्कोतर्फ शारदा माध्यमिक विद्यालय खराङले ५ स्वर्ण र ३ रजत पदकसहित तेश्रो स्थानमा चित्त बुझाएको छ । नगर विकास समितिको सहकार्यमा नगरपालिकाले आयोजना गरेको खेलको उद्घाटन नगर प्रमुख भरतकुमार खत्रीले २७ गते शुक्रबार गरेका थिए । छनौट खेल संखुवासभा बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको थियो । पाँच नगरपालिका र पाँच गाउँपालिकासहित १० वटा स्थानीय तह रहेको संखुवासभामा जिल्लास्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ्ग सिल्ड खाँदबारीमा हुनेछ । चैनपुरबाट छनौट भएका विद्यालयहरुले खाँदबारीमा हुने जिल्लास्तरीय खेलमा सहभागी हुन पाउनेछन् ।

2 (2)