विश्वकपको छैटौ दिन चलिरहँदा शसक्त मानिएका टोलीहरु स्तव्ध बन्ने क्रम छ । बलियो मानिएको इङग्ल्यान्ड समेत संर्घषपुर्ण खेलमा बिजयी बन्यो । आज हुने खेलमा एसियाली मुलुक जापानले कोलम्वियाको सामना गर्दैछ । कोलम्बिया त्यही मुलुक हो जसले सन २०१४ को विश्वकपमा ग्रुप सी मा जापानलाई ४–१ ले हराउँदै विना अंक घर फर्कन बाध्य बनाएको थियो । यसर्थ पनि आजको खेल जापानको लागी हारको बदला लिँदै सुनौलो ३ अंक लिन मौका हुनेछ । १६ औ वरियताको कोलम्विया गत संस्करण विश्वकपमा क्वाटरफाइनलमा ब्राजिलसंग २–१ ले पराजित बनेको थियो जुन खेलमा ब्राजिलका स्ट्राइकर नेयमारको करङ समेत भाचिएको थियो । पाँचौ पटक विश्वकपमा सहभागी टोली अप्रत्यासित नतिजा निकाल्न माहिर मानिन्छ । दक्षिण अमेरिकाबाट चौथो बन्दै विश्वकपमा छनौट भएको कोलम्बियाले १८ खेलमा ७ जित ६ हार र ५ बराबरी गरेको थियो । मोनाकोका स्ट्राइकर राडामेल फाल्कोओ को नेतृत्वको कोलम्वियासंग गत संस्करणको गोलडेन बुट बिजेता जेम्स रोडिग्वेज, टोटेनहेम हडस्परका डिफेन्डर सान्चेज डेभिनसन र बार्सिलोनाका मिना यारी जस्ता खेलाडीहरुको साथ हुनेछ । इन्जुरीका कारण गत संस्करणको विश्वकपमा सहभागी नभएका फाल्कोओ जापान विरुद्धको खेलबाट विश्वकपमा डेव्यु गर्दैछन । गोलपोष्टको जिम्मा आर्सनलका गोलरक्षक डेभिड ओसपिनाले लिनेछन । २०१७ अगष्ट यता खेलेको ९ वटा खेल मध्ये २ वटा खेलमा मात्र पराजित भएको छ कोलम्विया ।
समुराई ब्लुको नामले परिचित जापानले समेत पाँचै पटक एसियाबाट छनौट हुँदै विश्वकपको यात्रा प्रारम्भ गरेको हो । ६१ औ वरियताको उसले सन २००२ र २०१० को विश्वकपमा समुह चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । पछिल्लो ६ खेलमा जापान १ जित र १ बराबरीको नतिजा मात्र निकाल्न सफल भएको छ । साउदहयाम्पटनका डिफेन्डर माया योसिदा र केइसुकी होन्डा जापानको मुख्य हतियार हुन सक्छन । सन २००३ यता चौथो पटक आमनेसामने हुन लागेको यि २ टोलीको इतिहास हेर्दा २ खेल कोलम्वियाको पक्षमा छ भने १ खेल बराबरी भएको देखिन्छ । जापान आजको खेलमा कोलम्वियालाई पराजित गर्न सके अन्तिम १६ मा स्थान बनाउन सहज हुने अपेक्षाका साथ मैदान उत्रने तयारीमा छ भने गत संस्करणमा समेत समुह बिजेता बनेको कोलम्विाय विजेताको रुपमा अघि बढन चाहन्छ ।