बीपी प्रतिष्ठानमा उपकुलपति गिरीको आशीर्वादमा फस्टाएको इन्जिनियर मिश्रको कमिसन खेल

इन्जिनियर मिश्र उपकुलपतिको नजिकको साथीको छोरा रहेको खुलासा

  • जेठ २८, २०७८
  • २३१ पटक पढिएको
  • रिकेश बिस्वकर्मा
alt

धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्टमा फेरि पनि समस्या देखिएको छ । प्लान्टको एउटा टावरबाट अक्सिजन ८०० लिटर प्रति मिनेट उत्पादन हुनुपर्नेमा उक्त उत्पादन क्षमताभन्दा न्यून अक्सिजन उत्पादन भइरहेको खुलासा भएको छ ।

प्रतिष्ठानको दुई वटा अक्सिजन प्लान्टमा एउटा प्लान्ट मात्र सञ्चालन भइरहेको छ । अर्को प्लान्ट भने निकै लामो समयदेखि बिग्रिएर थन्किएर बसेको अवस्थामा छ । प्रतिष्ठानको अक्सिजन प्लान्टबाट अक्सिजन नभएर उपकुलपति ज्ञानेन्द्र गिरी र इन्जिनियर राहुल मिश्रको कमिसन उत्पादन भने मज्जाले फस्टाएको बुझिन्छ । यही जेष्ठ ८ गते प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएकोमा उक्त समस्या समाधान हुने क्रममा भएको र सो समस्याको वैकल्पिक व्यवस्था नभएसम्म अक्सिजन पर्याप्तताको आधारमा मात्र बिरामी भर्ना लिने निर्देशनसहित जानकारी दिएको थियो । सो विज्ञप्तिको आसय अक्सिजन प्लान्टमा खराबी देखिएको छ उक्त प्लान्ट मर्मत हुँदै गरेको र केही समय लाग्ने भएकोले तत्काल अक्सिजन पर्याप्त छैन भन्ने रहेको बुझिन्छ ।

प्रतिष्ठानले अक्सिजन प्लान्टको समस्याको हल दक्ष इन्जिनियरमार्फत् हुँदै गरेको बताएको थियो । तर प्रतिष्ठानका उपकुलपतिको गैरजिम्मेवारी र उक्त विभागका प्रमुख इन्जिनियर राहुल मिश्रको कमिसन स्वार्थको कारण अक्सिजन प्लान्ट पूर्ण रुपमा बन्न सकेन । गोप्य श्रोतले जनाए अनुसार सो समयमा दुई वटा प्लान्टमा एउटा प्लान्ट मात्र बनाएको र अर्को प्लान्ट लामो समयदेखि विग्रीएर थन्किएको छ । सञ्चालनमा रहेको एउटा प्लान्टको तेश्रो सर्भिसिङ अर्थात १८ हजार घण्टाको सर्भिसिङ गरिएको थियो । सोही प्लाण्टले हाल आएर उत्पादन क्षमताभन्दा न्यून क्षमतामा अक्सिजन उत्पादन गर्दै आएको छ । यस विषयमा प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलसँग सम्पर्क गर्दा उनको फोन उठेन ।

प्रतिष्ठानले दुई वटै अक्सिजन प्लान्ट बनेको र पूर्ण क्षमतामा सञ्चालन भएको हल्ला फिजाए पनि एउटा मात्र बनेको, त्यो पनि राम्रो अवस्थामा नबनेको श्रोतले जनाएको छ । उक्त प्लान्ट अन्तिम सर्भिसिङ भएको थियो । सर्भिसिङ गर्न आएको डाइग्नोकेम इन्टरनेसनलले इन्जिनियर राहुल मिश्रको मिलेमतोमा प्लान्टको सामान फेरेको भनी करिब ४० देखि ५० लाखको विल पेस गरेको बुझिएको छ । मिश्रले उक्त रकम भुक्तानीको ५० प्रतिशत कमिसन लिने सर्तमा उपकुलपतिसमक्ष बिल पेस गरेको बुझिएको छ । उक्त बिल रकम झुटो भएको श्रोतको दाबी छ । मिश्रमार्फत् गएको कुनै पनि बिल उपकुलपतिले सजिलै पास गराउने गरेका श्रोतले जनाएको छ ।

राहुल मिश्र को हुन त ?
राहुल मिश्र वास्तवमा इलेक्ट्रिकल इन्जिनियर हुन । उनी विराटनगर निवासी हुन् । उनी बीपी प्रतिष्ठानमा इलेक्ट्रिकल इन्जिनियरको नियुक्ति लिएर आएका हुन् । तर उपकुलपतिको आशीर्वादले उनलाई बायोमेड इन्जिनियरको विभागमा विभागीय प्रमुख बन्ने अवसर प्राप्त भएको छ । प्रतिष्ठानको होस् या जहाँकहीँ उपकरण सञ्चालनको काम कारबाही बायोमेड इन्जिनियरको हुन्छ तर प्रतिष्ठानमा शक्ति र पदको दुरुपयोग गर्दै मिश्र कमाउ धन्धाको लागि आफ्नो विभागभन्दा अलग विभागको विभागीय प्रमुख बने । हामीले इन्जिनियर मिश्र र उपकुलपति गिरीको सम्बन्धबारे जानकारी लिँदा मिश्र उपकुलपतिको नजिकको साथीको छोरा रहेको बुझिएको छ ।

प्रतिष्ठानको अक्सिजन प्लान्ट जडानको लागि टेन्डर डाइग्नोकेम इन्टरनेसनल कम्पनी पनि मिश्रकै सम्पर्कमा आएको हो । वास्तवमा प्लान्ट जडान गरेको वारेटीको समयसम्म निःशुल्क मर्मतसम्भार हुनुपर्ने हुन्छ । तर उपकुलपति र इन्जिनियर मिश्रको मिलेमतोमा उक्त कम्पनीलाई उल्टै मर्मत सम्भारको लागि सार्वजानिक खरिद ऐन मिचेर २५ लाख मर्मत शुल्क भनेर भुक्तानी गरिएको छ । कम्पनीको काम परिपक्क नभएको अवस्थामा प्रतिष्ठानले उक्त कम्पनीलाई कालो सूचिमा राख्नुपर्ने थियो तर उल्टै कम्पनीसँग साँठगाँठ गरेर उपकुलपति र इन्जिनियर मिश्र कमाउ धन्धामा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

मन्त्रिपरिषद्ले तोकेभन्दा फरक आयो अन्तर्राष्ट्रिय उडान तालिका, ‘श्रम गन्तव्य मुलुकमै कम उडान’

काठमाडौँः गत सोमबारको मन्त्रिपरिषद् बैंठकले श्रम गन्तव्य मुलुकहरूलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय उ ...

सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला

इटहरीः मोरङको सुन्दरहरैँचामा कवाडी सङ्कलनको काम गर्दै आएका एक भारतीय नागरिकको शव फेला परेको छ । ४५ ...

मन्दिर निर्माणका क्रममा करेन्ट लागेर मजदुरको ज्यान गयो

इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ स्थित भट्टा चोकमा मन्दिर निर्माणको क्रममा करेन्ट लागेर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved