इटहरीः छठ पर्वको अवसर पारी देवानगञ्जमा कुस्ती प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता भोलि बिहीबार सम्पन्न हुने छ ।

प्रतियोगिताको पहिलो दिन भएको खेलमा नेपालको नवलपरासीबाट आएका कुस्तीबाज बाबा हरिओम दासले भारतीय खेलाडी विजयप्रसाद सिंहलाई हराएका हुन् । विजयी खेलाडीलाई नगद पुरस्कार दिइने कार्यक्रम आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका गरी सयौं कुस्तीबाज सहभागी भएको बताइएको छ ।

प्रतियोगिताको कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्दै विकास निर्माणमा अनावश्यक राजनीति गर्न नहुने बताइन् । देवानगञ्ज छठ पूजा आयोजक समितिद्वारा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले सो कुरा बताएकी हुन् । विकास निर्माणका काममा सङ्घीय सरकारबाट आफूले पहल गरिरहेको पनि उनले बताइन् ।

सामाजिक सद्भाव कायम गर्ने र एक आपसमा सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कुस्ती खेलको आयोजना गरिएको आयोजक समितिका संयोजक जोगनारायण यादवले बताए ।

kusti baj  (3) kusti baj  (5) kusti baj  (4) kusti baj  (6) kusti baj  (2) kusti baj  (1) kusti baj  (7) kusti baj  (9) kusti baj  (10) ramkumari chaudhari mantri