इटहरीः नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीले सैन्य प्रदर्शन र खेलकुद प्रतियोगिता गर्ने भएको छ । यही मंसीर ८ र ९ गते सैन्य प्रदर्शन हुने पृतनापति उपरथी समीर शाहीले जानकारी दिए ।

अहिले सवा ११ बजे भएको पत्रकार सम्मेलनमा उपरथी शाहीले सो जानकारी दिएका हुन् । सेना र नागरिकबीच असल सम्बन्ध स्थापना गर्न यस्तो कार्यक्रम राखिएको सेनाले बताएको छ ।

यस्तो छ २ दिने कार्यक्रमको सेड्युल
पहिलो दिनः मंसीर ८ गते
प्रदेश १ का महिला, बालबालिका, युवा र स्थानीयलाई सहभागी गराएर बिहान ८ बजे हाफ म्याराथन हुनेछ । साथै १० किलोमिटरको पुरुष दौड हुनेछ । बालबालिकाको लागि ५ किलोमिटरको दौड, खुला साइक्लिङ र वाकाथन हुनेछ ।

दोस्रो दिनः मंसीर ९ गते
नेपाली सेनाको विगतदेखि वर्तमानसम्म शीर्षकमा फोटो प्रदर्शन हुनेछ । सैनिक सामग्रीहरुको प्रदर्शन हुनेछ । नेपाली सेनाको बारेमा भिडियो, डकुमेन्ट्री र अन्य विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ ।

armyy press (3)